site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रमाइलो टीभीमा कार्यक्रम थप
Ghorahi CementGhorahi Cement

काठमाडौं । डिसहोमको रमाइलो टीभीमा थप नयाँ नयाँ कार्यक्रम थप गरिएको जनाइएको छ । रमाइलो टेलिभिजनमा हाल प्रशारण भईरहेका कार्यक्रमहरु जस्तै आनन्दी, जड्यौरी, लोक भाका, मेरो कथा, म्युजिक इभ, झुम्की, ग्रहफल जस्ता कार्यक्रमहरु दर्शकमाझ अत्यन्त रुचाइएका टेलिभिजनले जनाएको छ ।

नारी समवेदनामा आधारित सामाजिक टेलिश्रृंखला “दृष्टी”,मा भने नेपाली समाजमा महिलाले भोग्ने सुख दुःखका कथा समेटिने छ । चर्चित निर्देशक ऋषि लामिछाने निर्देशित यस टेलीश्रृखंलामा सरिता लामिछाने, मिथिला शर्मा, कविता गेलाल र स्वयं निर्देशक ऋषि लामिछानेको मुख्य भूमिका रहेको छ । टेलि श्रृखंला “दृष्टी” प्रत्येक शुक्रबार साँझ ८ः ३० बजे रमाइलो टेलिभिजनमा प्रशारण हुनेछ ।

Agni Group

त्यसैगरी समाजमा घटेका अपराधिक सत्यघटनामा आधारित रहेर (सीआईबी फाइललाई आधार मानी) नाट्य रुपान्तरित कार्यक्रम ‘अपराध’ तयार पारिएको छ । रानीबारी हत्याकाण्ड, बसन्तपुर एसिड आक्रमण जस्ता घटनाहरुको सम्पूर्ण विवरणसहित नाट्य रुपान्तरण गरिएको कार्यक्रम अपराध प्रत्येक शनिवार साँझ ८ः३० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुनेछ ।

त्यसैगरी ‘एकादेशको चुरीफुरी’, ‘लुछाचुँडी’ लगायतका कार्यक्रम पनि रहेको टेलिभिजन व्यवस्थापनले जनाएको छ ।

Global Ime bank

डिस मिडिया नेटवर्कले रमाइलो टेलिभिजनका अलावा नेपालकै पहिलो तथा एकमात्र खेलकुद च्यानल एक्शन स्पोर्टस्, नेपाली चलचित्रहरु प्रशारण हुने च्यालन प्लस मुभि, गीत संगीतका च्यानलहरु गुञ्जन, सिने हिट्स र बलिउड बिट्स, बाल बालिकाहरुका लागि जुनियर टीभीजस्ता च्यानलहरु सञ्चालन गरिरहेको छ । यी च्यानलहरु डिसहोम डीटीएच र सिम टीभी डिजिटल केबल नेटवर्कमा प्रशारण भइरहेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०७५  ०९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC