site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकी नाइटक्लबको शौचालयमा गणेश, सरस्वती, काली र शिव ! 
Sarbottam CementSarbottam Cement

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कस्थित ‘हाउस अफ एस’ नामक नाइटक्लबमा हिन्दू देवीदेवताका चित्रहरू राखिएको विषय विवादमा आएको छ । सो विषय सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बहस प्रारम्भ भएको हो । सो सम्बन्धी विवरण अमेरिकाको ओहायो राज्यमा बस्ने भारतीय मूलकी  अमेरिकी महिला अंकिता मिश्राले सार्वजनिक गरेकी हुन् । उनले त्यस विषयमा आपत्ति समेत जनाएकी थिइन् । त्यसपछि यो विषय चर्चामा आएको हो । 

मिश्राले आफ्नो इन्स्टाग्राम  र ब्लगमा यो  विषयबारे लेखेकी थिइन् । उनले शौचालयको तस्बिर र भिडियो पनि प्रेषित गरेकी छन् । मिश्राका अनुसार उनी गत महिना सो नाइटक्लबमा गएकी थिइन् । आफ्ना साथीहरूसँग त्यहाँ गएकी उनले त्यही बेला भीआईपी बाथरुम प्रयोग  गर्ने क्रममा सो दृश्य देखेकी हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

पहिला शौचालयको भित्ताका भएका चित्रमा आफ्नो ध्यान नपुगेको भए पनि ट्वाइलेट पेपर निकाल्न लाग्दा महादेवको चित्र देखेको उनले बताएकी छन् । त्यसपछि चारैतिर हेर्दा अन्य देवीदेवताका तस्बिर  देखेर आफू छक्क परेको उनले लेखेकी छन्। शौचालयमा गणेश, सरस्वती, काली र शिवका तस्बिरहरू राखिएका थिए ।

उनले ब्लगमा लेखेकी छन, ‘‘एक तरिकाले म मन्दिरमा थिएँ, तर सबै कुरा उल्टो थियो । मैले जुत्ता लगाएकी थिएँ र म थुकिरहेकी थिएँ ।” आफूले यस्तो परिस्थिति पहिला पनि भोगेको भन्दै उनले यस विषयलाई ‘उपनिवेशवाद’ सँग जोड्ने प्रयास गरेकी छन् । उनले लेखेकी छन् , “म रुबिन म्यूजियम अफ आर्ट विषयको शिक्षिका थिएँ जहाँ मेरो सांस्कृतिक पृष्ठभूमिका कारण ममाथि व्यङ्ग्य गरिन्थ्यो । तर यो घटना मैले बेवास्ता गर्न सकिनँ ।”

Global Ime bank

उनले सामाजिक सञ्जालमा पनि यसबारे लेखिन् र अन्तमा नाइटक्लबलाई इमेल लेखेर यसमा आफ्नो असन्तुष्टि व्यक्त गरिन् । गत महिना पठाइएको इमेलमा उनले “सार्वजनिक स्थानमा शान्ति कायम रहोस् भनेर आफू मौन रहने गरेको भए पनि फेसबुक र इन्स्टाग्राममा यसबारे आफ्नो अनुभव लेखेपछि म तपाईँहरूसँग सीधै कुरा गर्न चाहन्छु,” लेखेकी थिइन्। मिश्राले गुनासो गरेपछि सो क्लबले क्षमायाचना गरेको थियो ।

(बीबीसी र इन्डिया टुडेको सहयोगमा)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०७५  ०७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC