काठमाडौं । नेपालका लागि टाटा कम्पनीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ र शिखर इन्स्योरेन्सबीच क्यासलेस इन्स्योरेन्समा सम्झौता भएको छ । सम्झौतामा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले हस्ताक्ष गरे ।
नेपालमै पहिलोपटक सञ्चालनमा ल्याउन लागेको यस योजनाअन्तर्गत टाटा कम्पनीका जुनसुकै मोडलका गाडी दुर्घटना भएको अवस्थामा ग्राहकले सिधै सिप्रदीको कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बीमा दावी गर्न सक्नेछन् । ग्राहकलाई सुलभ, छिटो र झन्झट रहित सेवा दिन यस व्यवस्थाले सहयोग पुर्याउने कम्पनीको दावी छ । यसबाटै आउने दिनमा अन्य बीमा कम्पनीसँग पनि सहकार्य गर्दै धेरै भन्दा धेरै ग्राहकहरुलाई सेवा दिने सिप्रदीको योजना छ ।