site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ब्लुमबर्गले दिए १ अर्ब ८० करोड डलर चन्दा
Sarbottam CementSarbottam Cement

बाल्टीमोर । अमेरिकाको न्यूयोर्क सहरका पूर्व प्रमुख (मेयर) माइकल ब्लुमबर्गले आफूले पढेको जोन्स हप्किन्स विश्वविद्यालयलाई एक अर्ब ८० करोड अमेरिकी डलर दान दिएका छन् । यो विश्वविद्यालयमा अध्ययन गर्ने न्यून र मध्यम आय भएका विद्यार्थीका लागि वित्तीय सहायता उपलब्ध गराउन आफूले दान गरेको ब्लुमबर्गले बताएका छन् ।  

बाल्टीमोरमा रहेको जोन्स हप्किन्स विश्वविद्यालयले अर्को सत्रदेखि उक्त रकम विद्यार्थीलाई उपलब्ध गराइने जनाएको छ । अमेरिकी इतिहासमा कुनै विश्वविद्यालयले प्राप्त गरेको यो नै सबैभन्दा ठूलो चन्दा रकम हो । विश्वविद्यालयले विद्यार्थीलाई छात्रवृत्तिका रुपमा रकम उपलब्ध गराउने स्पष्ट गरेको छ, र यस्तो रकम विद्यार्थीले पुनः भुक्तानी गर्नुपर्ने छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

ब्लुमबर्गले जारी गरेको वक्तव्यमा “विश्वविद्यालयलाई एउटा उपहार दिएको” बताएका छन् । अमेरिकाको सुप्रसिद्ध यो विश्वविद्यालय बाल्टीमोरका एकजना व्यापारी जोन्स हप्किन्सले उपलब्ध गराएको ७० लाख अमेरिकी डलरबाट सन् १८७६ मा स्थापना भएको थियो । 

ब्लुमबर्ग एल.पी.का संस्थापक ७६ वर्षीय माइकल ब्लुमबर्ग विश्वकै सर्वाधिक धनी व्यक्तिको सूचीमा छन् । उनले जोन्स हप्किन्सबाट सन् १९६४ मा स्नातक गरेका थिए । उनी सन् २००२ देखि २०१३ सम्म न्यूयोर्क सहरको मेयर हुनका साथै अमेरिकी राष्ट्रपतिका सम्भाव्य उम्मेदवारमा रहेका थिए । रासस/एपी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०७५  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC