site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

शासकहरूको विलासको लालच पूरा गर्न राष्ट्रिय ढुकुटी र धरोहर मास्न उद्यत भएकोमा सरकारको व्यापक आलोचना भइरहेको छ । अर्कातिर जनताको सेवा र सुविधाका लागि सिन्को नभाँचेकोमा पनि सरकार बदनाम हुँदैगएको छ । यातायात, सडक, स्वास्थ्य, शिक्षा जतताततै भद्रगोल र अराजकता छ । यस्तो अवस्थामा देश वा जनता कसैका लागि पनि कुनै लाभ नहुने कथित ‘एसिया प्यासिफिक समिट, २०१८’ आयोजना गर्नु र त्यसका लागि ‘युनिभर्सल पिस फेडरेसन – नेपाल’ नामक विवादास्पद गैरसरकारी संस्थासँग सरकारले सहकार्य गर्नुको उद्देश्य जनतालाई अलमल्याउने निरर्थक प्रयत्नमात्रै हुनसक्छ । यस्तो अनावश्यक तामझामका लागि राष्ट्रिय ढुकुटी र समयको अपव्यय गर्नु प्रकारान्तरले भ्रष्टाचार नै हो । यस्तो काममा संलग्न हुनुको उद्देश्य र औचित्यबारे सरकारले भने जानकारी दिएको छैन । सूचना लुकाउने र आलोचनाप्रति असहिष्णु हुने प्रवृत्ति सरकारले देखाइसकेको छ । यस्ता विवादास्पद काममा संलग्न हुने मनसायले नै सरकारले सूचना लुकाउने प्रयास गरेको हुनुपर्छ ।

‘इसाई धर्म प्रचार’मा संलग्न भएको भनेर विवादमा परेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘युनिभर्सल पिस फेडरेसनको नेपाल शाखाको अग्रसरतामा आयोजना हुने भनिएको ‘एसिया प्यासिफिक समिट, २०१८’मा संसारका विभिन्न देशका सरकारी र गैरसरकारी पाहुना सहभागी हुने प्रचार गरिएको छ । सम्मेलनको सहआयोजकका रूपमा अर्को अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘इन्टरनेसनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टीज’ नामक संस्थाको नेपाल शाखा पनि संलग्न हुने बताइएको छ । नेपाल सरकार पनि यसको सहआयोजक रहेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ट नेताले अध्यक्षता गर्ने भनिएको शिखर सम्मेलनमा सहभागी हुने अधिकांश पाहुना भने भानुआतु, तुभालु, नाउरु, समोआजस्ता  बिरलै नाम सुनिने देशबाट आउने रहेछन् । नेपालका भने प्रधानमन्त्री, सभामुख, परराष्ट्रमन्त्रीलगायत सम्मेलनमा सहभागी हुने जानकारी पनि त्यही विवादस्पद गैरसरकारी संस्थाका तर्फबाट दिइएको छ । 

पहिलो त सत्तारुढ दलको नेताले नै चलाएको भए पनि सरकारले यस्तो विवादास्पद संस्थासँग मिलेर कार्यक्रम आयोजना गर्दा पक्कै पनि सकारात्मक सन्देश प्रवाह हुँदैन । त्यसमाथि त्यस प्रकारको सम्मेलन अहिले नेपालले आयोजना गर्नुपर्ने कुनै कारण र तुक देखिँदैन । यस्तो आयोजनबाट आयोजकहरूको निहित स्वार्थ पूर्ति त होला तर देशका लागि यसबाट कुनै लाभ हुँदैन । सरकारलाई सहआयोजक बनाउनुको अर्थ स्थानीय आतिथ्यको खर्च राष्ट्रिय ढुकुटीबाट बेहोर्न लगाउनु नै त होला । त्यसरी राज्यको ढुकुटी मास्नु जनताविरुद्धको अपराध हो । यसैले सरकारले त्यस कथित शिखर बैठकमा राज्यको संलग्नताको उद्देश्य, औचित्य, खर्च र त्यसको उपादेयताबारे जनतालाई पारदर्शीरूपमा जानकारी दिनुपर्छ । लोकतन्त्रमा हुकुम हैन विधिको राज हो हुन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०७५  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC