site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारका काम पार्टीमै थाहा हुँदैन,कार्यकर्ता ‘लगामबिनाका घोडा’!
Sarbottam CementSarbottam Cement

पार्टी एकता घोषणाका बेला राष्ट्रिय सभा गृहमा जम्मा भएका ने क पाका कार्यकर्ता तथा शुभेच्छुक । फाइल तस्बिर 


काठमाडौं । मदन–आश्रीत स्मृति दिवसका दिन एमाले र माओवादी केन्द्रले एकताको शंखघोष् गर्दा राष्ट्रिय सभागृहको हल खचाखच मात्रै थिएन, ने क पाका कार्यकर्ताको मन पनि हर्षले उसैगरी भरिएको थियो । तर, ६ महिना बित्दा पनि एकता प्रक्रिया पूरा हुन नसक्दा कार्यकर्तामा नैराश्यता प्रकट हुन थालेको छ । र, एकता प्रक्रिया संकटमा पर्न थालेको चर्चा पार्टीवृत्तमा हुन थालेको छ ।
 
६ महिनाको अवधिमा ९ सदस्यीय सचिवालय, ४५ सदस्यीय स्थायी कमिटी, ४४१ सदस्य केन्द्रीय कमिटी र ४ सदस्यीय प्रदेशको संरचनामात्रै तयार हुन सकेको छ ।

जिल्ला र स्थानीय तहका कमिटीहरू विघटित अवस्थामा रहेको पार्टी काममा शून्यता र रिक्तता छाउन थालेको गुनासो बढेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

ने क पाका केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले पार्टी छिट्टै एकताको गतिरोध चिर्न नसक्ने र शून्यतालाई पन्छाउन नसक्ने हो भने पार्टी एकता धरापमा पर्ने औल्याउँछन् ।

“एकताको बाँकी कोर्ष पूरा नहुँदा सरकार र पार्टीको काम बोकेर हिँड्न सकिएको छैन,” उनी भन्छन्, “दुई ठूला पार्टीबीचको एकताले पार्टी बलियो बन्नुपर्नेमा उल्टै कम्युनिस्ट आन्दोलन कमजोर बन्दै गएको आभास भएको छ ।”
उनले एकता प्रक्रियाले पूर्णविराम नपाउँदा कार्यकतामा निराशा छाएको र पार्टी गतिशील नहुँदा जनताका व्याप्त निराशासमेत चिर्न नसकेको बताउँछन् ।

Global Ime bank

‘सरकारका निर्णय पार्टीले थाहा नपाउने अवस्था छ !’

सरकारका निर्णय रेडियो, टेलिभिजन र पत्रपत्रिका पढेर थाहा पाउनु पर्ने अवस्था रहेको भन्दै ने क पाका कार्यकर्ता नेतृत्वलाई आलोचना गर्न थालेका छन् । त्यसमा सहमत छन्– सुरेन्द्र मानन्धर ।

“सरकारले अस्ति भर्खरमात्रै विभिन्न देशका लागि राजदूत सिफारिस गर्‍यो । तर, त्यो निर्णय पार्टी चिन्ने, थाहा पाउने अवस्था छैन । पार्टी कमिटीको बैठक बसेर संस्थागत ढंगले निर्णय गरेको भए पो थाहा हुनू !,” उनको तर्क छ ।

उनले यसले सुखद् परिणाम नदिने भन्दै नेतृत्वले बेलैमा विचार पुर्‍याउनु पर्ने बताए ।

“पछिल्लो समय हामीले सुधारिएको बहुदलीय व्यवस्था, लोकतन्त्रको खुबै कुरा गर्‍यौँ । आन्दोलन पनि निम्त्यायौँ । तर, आफैँभित्रको लोकतन्त्रचाहिँ व्यवस्थित गर्न सकेनौँ,” उनी गुनासो गर्छन् ।

त्यसो त एकीकृत पार्टीको राजनीतिक सिद्धान्तका बारेमा पनि केन्द्रीय नेताहरू नै अन्योलमा छन् । पूर्वएमालेले २०४९ सालमा मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’मा हिँड्दै आयो । पूर्वमाओवादी केन्द्रले २१ औँ शताव्दीको जनवाद अँगाल्दै आयो ।

पार्टी एकीकृत हुँदा सिद्धान्त पनि मर्ज भयो र बन्यो– जनताको जनवाद ।

तर, एकताको ६ महिनामा पनि ने क पाले राजनीतिक दस्ताबेज कार्यकर्ताको हातमा पुर्‍याउन सकेको छैन । यसले पार्टी विचार, नीति, सिद्धान्तशून्य बन्दै गएको बताउँछन्– सुरेन्द्र मानन्धर ।

“संगठन त निर्माण होला, जिम्मेवारी पनि बाँडफाँट गरौँला । तर, राजनीतिक विचार, सिद्धान्तलाई आधारभूत तहसम्म फिँजाउन सकेनौँ भने कार्यकर्तामात्रै बटुलेर कस्तो पार्टी निर्माण गर्छौं ?” उनको प्रश्न थियो ।

समाधान : स्थायी कमिटीको बैठक

पार्टी नेतृत्वले कमिटीको बैठक छल्न थालेकाले र स्थायी कमिटीको बैठक नै नडाकेकाले पार्टी गतिशून्य बनेको बताउँछन्– ठाकुर गैरे ।

उनले सबै समस्याको समाधान बैठक, छलफल नै भएको उनको निष्कर्ष थियो ।

“स्थायी कमिटीको बैठक नबस्दा नेतापिच्छेका फरकफरक कुरा सुन्न कार्यकर्ता बाध्य छन्,” उनी भन्छन्, “स्थायी कमिटीको बैठक बसेर छलफल, विचार–विमर्श गर्ने हो भने कार्यकर्तामा उत्पन्न नैराश्यता कम गर्न सकिन्छ । एकता पनि संस्थागत हुन्छ ।”

उनले नेतृत्वले संस्थागत ढंगले निर्णय गर्न नसक्दा सरकार, पार्टीको निर्णय, कार्यशैलीप्रति नेता–कार्यकर्ता जवाफदेही हुन नसकेको टिप्पणी गरे ।

एकता नटुंगिँदा स्थानीय, प्रदेश तह ‘लगामबिनाका घोडा’

पार्टी एकता आधारभूत तहसम्म नपुग्दा  प्रदेश र स्थानीय तह अभिभावकविहीन् र गैर जिम्मेवार बन्न थालेको बताउँछन्– ने क पाका अर्घाखाँचीका निवर्तमान जिल्ला सचिव रामबहादुर चौहान ।

एकता प्रक्रियालाई टुंग्याउन नेताहरूले तदारुकता नदेखाउँदा प्रदेश र स्थानीय तह ‘लगामबिनाका घोडा’ बन्न थालेको निष्कर्ष सुनाउँछन् ।

“यो एकता शुरूमै टुंगिइसक्थ्यो । नेताहरूले विधि, प्रक्रिया, मापदण्ड, वरीयता मिचेर एकता प्रक्रिया अघि बढाउन थाल्नुभयो । प्रदेश र जिल्ला तहमा सिफारिसमै असन्तुष्टि उब्जिएपछि एकता धकेलिने अवस्था बन्यो,” उनी भन्छन् ।

त्यसो त चौहान विधि, प्रणाली, वरीयता बहसका सूत्राधार हुन् ।

पाँच नम्बर प्रदेश कार्यदलले गरेको सिफारिसप्रति विमति जनाउँदै लिखित असन्तुष्टि दर्ज गरेपछि पार्टीभित्र नयाँ मापदण्डको खोजी गरिएको हो । पछि तेस्रो वरीयताका नेता माधव नेपाल चौहानकै तर्कमा उभिए । र, पार्टीभित्र नयाँ मापदण्डको बहस चलाए ।

चौहान अहिले पनि आफ्नै तर्कमा उभिएका छन् र विधि, पद्धति, वरीयतालाई केन्द्रमा राखेर पार्टी एकता टुंग्याउन सचिवालय र स्थायी कमिटी तहका नेताहरूको ‘घरदैलो’ गरिरहेका छन् । एकता प्रक्रियालाई टुंग्याउन उनले लिखित दवाव’ नै दिएका छन् ।

“विधि, पद्धति, वरीयतामा टेकेर एकता प्रक्रिया अघि बढाउने हो भने एकीकरण टुंग्याउन दुईदिन पनि लाग्दैन, पद्धति भन्दा पनि पात्र खोज्न थालेकाले एकता लम्विएको हो,” उनको तर्क थियो ।

एकतालाई निष्कर्षमा पुर्‍याउन नेताहरू नै बाधक रहेको निष्कर्ष निकाल्दै अविलम्ब एकता टुंग्याउन उनी सुझाव दिन्छन् ।

“जिल्ला र प्रदेश तहका नेता नै जवाफदेही हुन छाडेका छन् । नेता सबै हुन् तर जिम्मेवारी नतोकिएकाले उत्तरदायी कोही छैनन् । एकखालको शून्यताको अवस्था छ,” उनी बताउँछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २, २०७५  ०८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC