site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
प्रश्नसँग किन डराउँदैछ सरकार ? 
Sarbottam CementSarbottam Cement

सार्वजनिक निकायमा भए गरेका र, सरकारले दिनहुँ सम्पादन गर्ने कामका बारेमा सुसूचित हुने जनताको अधिकार हो । तर, पछिल्ला दिनमा सरकारले सूचनामा जनताको पहुँच सकेसम्म रोक्ने प्रयास गरेको देखिन्छ । अघिल्लो साता प्रकाशित भएका सबै दैनिक पत्रिकामा विशेषगरी सूचना दिनबाट सरकारको भाग्ने प्रयासलाई विभिन्न कोणबाट केलाएर समाचार, टिप्पणी, विचार र सम्पादकीय प्रकाशित गरिएका छन् ।

सरकारका निर्णय र सार्वजनिक निकायका सूचना गुपचुप राख्दा सत्ता निरंकुशतातर्फ अघि बढ्न खोजेको आशंका बढी हुन्छ ।

आइतबार मन्त्रिपरिषद्को बैठक बस्यो । राति १० बजेसम्म पत्रकार बाहिर सूचनाका लागि बसिरहे । चार घन्टासम्म बसेको बैठकपछि सरकारका प्रवक्ताले पत्रकारहरुलाई जवाफ दिए – ‘‘लामो समयपछि मन्त्रिपरिषद्को बैठक बस्यो, तपाईँहरुले समयक्रममा जानकारी पाउनुहुनेछ, हामी केही फरक व्यवस्थाका साथ आउँछौँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

त्यही दिन विभिन्न देशका राजदूत फिर्ता बोलाउने र नयाँ राजदूत सिफारिस गर्ने निर्णय भएको रहेछ । त्यसबाहेक अन्य महत्त्वपूर्ण निर्णय पनि सोही दिन बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो । तर, बिहीबारमात्रै सरकारका प्रवक्ताले पत्रकार सम्मेलन गरेर आइतबारको बैठकको बारेमा जानकारी गराए । त्यसबेलासम्म सरकारका कतिपय निर्णय कार्यान्वयनमा गइसकेका थिए । 

यस विषयमा कान्तिपुर, नयाँ पत्रिका, अन्नपूर्ण  पोस्ट, नागरिकलगायतका दैनिक पत्रिकाले समाचार प्रकाशित गरेका छन् । कान्तिपुर दैनिकले आइतबार ‘मन्त्रिपरिषद् निर्णय गुपचुप’ शीर्षकमा समाचार प्रकाशित गरेको छ भने पत्रकार सम्मेलनको समाचार पनि ‘निर्णय झन गुपचुप’ शीर्षकमा प्रकाशित गरेको छ ।

Global Ime bank

वाइडबडीमा पनि त्यस्तै !
पछिल्लो समयमा सबैभन्दा बढी प्रश्न उठेको अर्को विषय हो नेपाल वायुसेवा निगमले खरिद गरेको भनिएको ‘वाइडबडी’ विमान ।

वाइडबडी विमान किन्दा अर्बौं रुपैयाँ भ्रष्टाचार भएको भन्दै सञ्चार माध्यमले लगातार समाचार प्रकाशित गरेका छन् । विशेषगरी अन्नपूर्ण पोस्ट दैनिकले यो विषय उठान गरेको छ । पोस्टमा एयरबस भन्छ – वाइडबडी ‘भाडामा’ शीर्षकमा समाचार प्रकाशित भएको छ तर पनि नेपाल एयरलाइन्सले मिडियाका तमाम प्रश्नको उत्तर दिनै चाहँदैन । श्वेतपत्र जारी गर्दा पत्रकारले दर्जनौं प्रश्न वाइडबडीकै बारेमा सोधे तर जवाफ एउटा प्रश्नको पनि आएन । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले विहीबार पत्रकार सम्मेलन गर्दा पनि ‘वित्तीय जोखिम’ रहेको औँल्याए तर वाइडबडीका बारेमा उठेका प्रश्नको जवाफ पछि दिने भन्दै पन्छिए ।

अन्नपूर्ण पोस्टले यो साताभर विशेषगरी वाइडबडी खरिदका क्रममा भएका कमजोरी औँल्याइरहेको छ ।

कान्तिपुर दैनिकले ‘सूचना रोक्ने सरकार’ शीर्षकमा सम्पादकीय लेखेको छ । संविधानले सूचनाको हक स्थापित भएको पारदर्शी राज्यको परिकल्पना गरेको भए पनि सरकार सुचना लुकाउन केन्द्रित भएको सम्पादकीयमा उल्लेख छ ।

मुख्यमन्त्रीको निवास शंकास्पद 

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको राजधानीमा रहेको सरकारी निवास ‘शंकास्पद’ रहेको भन्दै अन्नपूर्ण पोस्टले समाचार प्रकाशित गरेको छ ।  अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एसिया फाउन्डेसनको सहयोगमा उनको काठमाडौंमा सरकारी निवास तयार भएको समाचारमा जनाइएको छ । जहाँ प्रदेश ३ का योजना पनि बन्छन् । यो समाचार अन्नपूर्ण पोस्टमा रामकृष्ण अधिकारीले लेखेका छन् ।

नयाँ पत्रिका दैनिकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको आन्तरिक किचलो, सरकार सञ्चालन र सर्वसाधारणसँग प्रत्यक्ष जोडिएका विषय यो साता उठाएको छ । पम्पमा अत्याधुनिक ठगी, स्वरोजगार कोषको रकममा सहकारीहरु बिचौलिया मुनाफाखोर बनेकोसम्बन्धी समाचार पनि नयाँ पत्रिकाले प्रकाशित गरेको छ ।

कांग्रेस सभापति घेराबन्दीमा 
नागरिक दैनिकमा कांग्रेस सभापति शेरबहादुर देउवा घेराबन्दीमा पर्दै गएकोसम्बन्धी समाचार प्रकाशित छ । असन्तुष्ट पक्ष पार्टीको आसन्न महासमितिको बैठकमा सभापति देउवालाई घेराबन्दीमा पार्ने तयारीमा जुटेको समाचारमा उल्लेख छ ।

नेकपामा नयाँ धार 
नागरिक दैनिकले नेकपामा नयाँ धार जन्मिएको विषय पनि उठान गरेको छ । पार्टीका दुई नेता माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको नेतृत्वमा नयाँ धारको जन्म भएको नागरिक दैनिकको समाचारमा लेखिएको छ ।
फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २, २०७५  ०७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC