site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
६ दिनपछि समर्थन फिर्ता लिएर ओली सरकारलाई घेराबन्दीमा पार्ने राजपाको चेतावनी
Sarbottam CementSarbottam Cement

काठमाडौं  । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री केशब झाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दीमा पर्ने चेतावनी दिएका छन् । 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महामन्त्री झाले भने, “सरकारलाई हामीले दिएको समर्थन अब फिर्ता लिन्छौं । काउन्टडाउन सुरु भैसक्यो । हामीले छठ सकिएलगत्तै १० दिनको समय दिएका थियौं । आज चार दिन बितिसक्यो । अब ६ दिन बाँकी छ । हामी अहिले बाध्यकारी अवस्थामा छौं । अब समर्थन फिर्ता लिएर अघि बढ्छौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

नेता झाले आफूहरुले प्रधानमन्त्री ओलीलाई भेटेरै दशैंअघि समर्थन फिर्ता लिने अल्टिमेटम दिएको स्मरण गराए । उनले भने, “हामीले त उहाँलाई भेटेरै समर्थन फिर्ता लिनेबारे अल्टिमेटम दिएका थियौं । तर, उहाँले दशैंको टिका अगाडि नै संविधान संशोधन प्रक्रिया अघि बढाउँछु भन्नुभयो । हामीले चाडपर्व भएकोले छठ सकिएलगत्तै १० दिनको समय दिएका थियौं । तर, आज चार दिन बितिसक्यो संशोधन प्रक्रिया अघि बढाउने कुनै सुरसार देखाएको छैन् ।”

सरकार गठन हुँदै गर्दा वर्तमान प्रधानमन्त्री ओलीसँग सिँगो मधेसका जनता आक्रोशित रहेको बेला आफूहरुले रिस्क मोलेर समर्थन दिएर हातेमालो गरेको झाले सुनाए । उनले भने, “ओलीजीको बारेमा सिँगो मधेशमा नकारात्मक अवस्था थियो । हामीले बहुत ठूलो रिस्क लिएर उहाँसँग हातेमालो गर्यौं । किनकी राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्रु हुँदैन् । हामीले विगत ३ वर्षदेखि वार्ता तथा सम्वादमार्फत संविधान संशोधनबारे समाधान खोज्दै आएका थियौं । तर, अहिलेसम्म संविधान संशोधन भएन ।”

Global Ime bank

सरकार बनेको आज ९ महिना बितिसक्दापनि सरकारले संविधान संशोधनको लागि आजसम्म ईमानदार प्रयत्न नगरेको उनको आक्रोश छ । 

फरक प्रसंगमा उनले वर्तमान सरकारले संघीयतालाई कमजोर पार्ने काम गरिरहेको आरोप लगाए । संघीयताको सवालमा वर्तमान प्रधानमन्त्री ओली र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको बुझाई एउटै रहेको पनि उनले बताए । उनले भने, “अहिलेको सरकारले संघीयता पचाएको छैन् । त्यसैले कमजोर बनाउने काम भयो । यो सरकारको राष्ट्रघाती सोच हो ।”
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २, २०७५  ०५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC