site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘ए’ डिभिजन लिगमा आर्मीको संघर्षपूर्ण जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले समूह चरणको आफ्नो दोस्रो खेलमा च्यासल युथ क्लबविरुद्ध संघर्षपूर्ण जित निकालेको छ । शनिबार सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा भएको खेलमा आर्मीले च्यासललाई १–० गोल अन्तरले पराजित गर्यो ।

राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवासको कप्तानीमा रहेको टोलीले च्यासलविरुद्ध गरेको २९ औं मिनेटको गोल निर्णायक बन्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

२९ औं मिनेटमा आर्मीले पाएको कर्नर प्रहार गरेका सन्तोष तामाङको बललाई आर्मीका विकास खवासले नियन्त्रणमा लिँदै हेडिङमार्फत गोल गरेका थिए । उनले गरेको उक्त हेड गोल आर्मीको जितका लागि निर्णायक बन्यो । पहिलो हाफमा एक गोल खाएको च्यासलले दोस्रो हाफमा खेल आफ्नो पक्षमा पार्ने प्रयास गरेपनि गोल फर्काउन भने सकेन ।

नेपाली राष्ट्रिय फुटबल टोलीका स्टाइकर विमल घर्ती मगरसहितको च्यासलले आफ्नो उपस्थिति बलियो देखाउन नसकेपनि आर्मी विरुद्धको खेलमा थप गोल गर्न भने दिएन । च्यासलले यसअघिको आफ्नो पहिलो खेलमा मच्छिन्द्र क्लबसँग अंक बाँडेको थियो ।

Global Ime bank

नवलपरासिमा बिहीबार सम्पन्न राइनो कपको विजेता च्यासलले लिगको लागि तयारी गर्न नपाएपनि राइनोको विजेताका हिसाबले उच्च मनोबलका साथ मैदान उत्रिँदै आर्मीलाई चुुनौती दिने बताइएको थियो ।

आर्मी क्लबले यसअघिको पहिलो खेलमा न्युरोड टिम (एन्आरटी) सँग २–२ बराबरी खेल्दै अंक बाँडेको थियो भने च्यासलले पनि यसअघिको पहिलो खेलमा मच्छिन्द्र क्लबसँग गोलरहित बराबरी खेल्दै १–१ अंक बाँडेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १, २०७५  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC