site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

पाटन सहर ‘हस्तकला नगर’ घोषित भएको छ । पाटन शताब्दीयौंदेखि नै ललितकलाको नगर हो । पाटनको महिमा अब संसारले पनि थाहा पाउँदै गएको छ । हालै विश्व कला परिषद् एसिया प्रशान्त क्षेत्रको नेपालमा आयोजित कार्यक्रममा ललितपुर महानगरलाई हस्तकला नगर घोषणा गरिएको छ । ललितपुर महानगर हस्तकलालाई जीवन्त राख्न सफल भएकोमा कदर गर्दै हस्तकला नगर घोषणा गरिएको जानकारी काउन्सिलले दिएको छ । ललितपुर महानगरको यो प्रतिष्ठा नेपाली सबैका लागि गर्वको विषय भए पनि पाटनवासीहरू विशेष बधाई र धन्यवादका पात्र भएका छन् । ललितपुरलार्इ प्राप्त प्रतिष्ठाले बाँकी नगरहरूलाई पनि प्राचीन सम्पदाको संरक्षणमा प्रेरणा मिल्यो भने नेपालका लागि यो सम्मान ठूलो उपलब्धि सिद्ध हुनेछ । 

ललितपुरजस्तै काठमाडौं, भक्तपुर, कीर्तिपुर, टोखा, साँखुलगायतका नेपालका अरू नगरहरूको आआफ्नै विशेषता छन् । तिनको निर्माण जति बेला भयो संसारका धेरै सहरहरूको अस्तित्व पनि थिएन । संसारका धेरै देशलाई नयाँ बनाउनु परेको छ र कस्तो बनाउने भन्ने अन्योल छ । नेपालीहरूले भने आफ्नो मौलिकता जोगाएमात्रै पनि पुर्खाले छाडेको सम्पदाको संरक्षणमात्रै गरे पनि पुग्छ । काठमाडौंका चोक, गल्ली, मन्दिर, बहाल, चैत्य र सत्तलहरू औपचारिकरूपमा विश्व सम्पदा सूचीमा परून् नपरून् विश्वस्तरमा कला र संस्कृतिका अनुपम नमुना हुन् । भक्तपुर टोखा, साँखुजस्ता नगर अपेक्षाकृत ओझेलमा परेका विलक्षण सहर हुन् । दुर्भाग्य, आजका शासकहरू भने तिनलाई संरक्षण गर्नेभन्दा नासमास गरेर नयाँ कंक्रिट जंगल बनाउन बढी उद्यत देखिएको छ । यस्तै मूर्खता अरू स्थानीय सरकारहरूले पनि गर्न खाेजेको देखिएको छ ।

ललितपुर महानगरभित्र प्राचीन सम्पदा र परम्परागत शैलीको संरक्षणलाई दिइएको महत्त्व र काठमाडौं महानगरपालिकाले गरेको उपेक्षा त रानीपोखरी, काष्ठमण्डपलगायतका सम्पदा र दम्बो चोकको पुनर्निर्माणले नै देखाउँछ । यस्तै प्रवृत्ति रह्यो भने कुनै दिन काठमाडौंभित्रका विश्व सम्पदा सूचीमा रहेका सम्पदा सूचीबाटै हट्न सक्छन् । पाटनमा पिलाछेँ जस्ताको तस्तै पुनर्निर्माण हुनसक्छ भने काठमाडौंका पुराना बजार र चोकहरूलाई लथालिंग बनाएर कंक्रिटको जंगल बनाउनु मूर्खता हो । अहिले चोक र बहालहरू मासेर ‘अर्पाटमेन्ट’ बनाउँदा कमिसन त आउला तर पुर्खाले सन्तानका लागि छाडेको अमूल्य सम्पदा भने सधैंका लागि नाश हुनेछ । भावी सन्तानले त्यसका लागि अहिलेका निर्णयकर्तालाई पक्कै सराप्नेछन् । कलंकबाट जोगिन चाहने हो भने काठमाडौंलगायतका नगरहरूले ललितपुरको अनुशरण गर्नु बुद्धिमानी हुनेछ । 
ललितपुर महानगरपालिका र पाटनवासीलाई हस्तकलाको नगर घोषित भएकोमा बधाई र धन्यवाद !      
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १, २०७५  ११:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC