site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कुटपिटबाट मृत्यु
Sarbottam CementSarbottam Cement

धनगढी । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी टोलमा गए राति अन्दाजी ३२ वर्षीय विजय थापाको हत्या गरिएको छ । उक्त टोलको कलश होटल पछाडि स्थानीय २७ वर्षीय आसिस सेठीसँग भएको कुटपिटबाट थापाको मृत्यु भएको वडा प्रहरी कार्यालयका प्रमुख वकिलबहादुर सिंहले बताए ।  

कुटपिटपछि घाइते थापालाई सेती अञ्चल अस्पताल पु¥याइएकामा अस्पतालाले मृत घोषणा गरेको थियो । टाउकोमा चोट लागेको र नाक मुखबाट रगत बगेको अवस्थामा थापालाई प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

राति पौने ९ बजेको समयमा होटलमा असमान्य आवाज सुनिएपछि घर बाहिर निस्केका दीपेन्द्र चौधरीले सोही टोलमा गस्तीमा रहेको वडा प्रहरीको टोलीलाई खबर गरेका थिए । दीपेन्द्र सञ्चालित होटलको घरधनीका छोरा हुन् । 

“घटनालगत्तै होटल परिसरमै थापालाई घिसार्दै गरेको अवस्थामा आसिस सेठीलाई पनि नियन्त्रणमा लिन हामी सफल भयौँ”, वडा प्रहरी प्रमुख सिंहले भने । 
 
घटनास्थलबाट प्रहरीले मृतकको स्कुटर र सेठीको मोटरसाइकल बरामद गरेको छ । पक्राउ परेका सेठी लागुऔषध मुद्दाका फरार प्रतिवादी रहेको बताइएको छ । मृतक थापाको गतिविधि पनि शङ्कास्पद रहेको प्रहरीले जनाएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १, २०७५  ११:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC