एजेन्सी । विश्वविजेता फ्रान्सको अपराजित यात्रालाई शुक्रबार राती नेदरल्यान्ड्सले पुर्णविराम लागइदिएको छ । १५ खेलसम्म अपराजित रहेको फ्रान्सलाई नेदरल्यान्ड्सले २–० ले हराइदिएपछि युइएफए नेसन्स लिगमा जर्मनीको यात्रा संकटमा परेको छ ।
नेदरल्यान्डले ४४औं मिनेटमा जर्जिन्हो विजनाल्डमको गोलबाट अग्रता लिएको थियो । विजनाल्डमले रायन बाबेलको पासमा गोल गरेका हुन् । अन्तिम मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमा अर्को गोल थप्दै घरेलु टोली नेदरल्यान्ड्सको जित पक्का गरेका थिए । मोउसा सिसोकोले पेनाल्टी क्षेत्रमा फ्रेन्की डी जोङलाई लडाएपछि नेदरल्यान्डले पेनाल्टी अवसर पाएको थियो । जसलाई डिपेले कुनै गल्ति नगरी गोलमा परिणत गरे । सोमबार नेदरल्यान्डले जर्मनीमा बराबरी गरेमात्र पनि समूह ‘ए’ १ को विजेता बन्नेछ । त्यसो भएमा रोनाल्ड कोइम्यानको टोलीले अर्को जुनमा हुने नेसन्स लिगको फाइलन चरणमा स्थान बनाउनेछ ।
सबै समूहका बिजेताले युरो २०२० प्ले अफमा स्थान पक्का गर्नेछ । जर्मनीले नेदरल्यान्ड्सलाइ पराजित गरे फ्रान्स शीर्ष स्थानमै रहनेछ ।
तीन खेलबाट नेदरल्यान्ड्सको ६ र जर्मनीको १ अंक छ । हारे पनि फ्रान्सको ४ खेलबाट ७ अंक छ । पुछारमा रहेको जर्मनी रेलिगेसनमा परेको छ ।