site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अमेरिकी ‘दुःस्वप्न’
Sarbottam CementSarbottam Cement

– डानी डी प्लासिडो


म ‘नेटफ्लिक्स’को नयाँ डकुमेन्ट्री सिरिज ‘ट्रम्पः एन अमेरिकन ड्रिम’ हेरिसकेर अमेरिकाका ४५ औं राष्ट्रपति डोनाल्ड ट्रम्पप्रतिको मेरो व्यक्तिगत दृष्टिकोणमा सकारात्मक परिवर्तन आउनेछ भनेर ढुक्क थिएँ । म ट्रम्पलाई ताइ न तुइका ‘क्यारिकेचर’को पात्रभन्दा फरक रूपमा हेर्न चाहन्छें । समर्थकहरू उनी र उनको नेतृत्वलाई कुन तर्कको जगमा उभिएर समर्थन गरिरहेका छन् भनी बुझ्न चाहन्थें ।

वृत्तचित्रले विषयवस्तुलाई मानवीय कोणबाट देखाउने प्रयत्न गर्छन् । यद्यपि ती जतिसुकै रंगरोगन र चमकले किन नपोतिएका होऊन् । ट्रम्पमाथिको यो सिरिजले पनि उनको चामत्कारिक व्यक्तित्वलाई छर्लंग पार्छ । यसमा निर्माण पक्षको पूर्वाग्रह र निहित स्वार्थलाई लिएर छुट्टै बहस हुन सक्ला तर एउटा कुरा प्रष्ट छ— ट्रम्प शुरुदेखि नै यस्ता थिएनन् । यहाँ ‘यस्ता’ भन्नुको अर्थ त्यस्तो व्यक्तित्व हो, जो आक्रामक व्यापारी हो र जो सुनको जलपले पोतिएको छ । जसले चन्द्रमाको वाचा गर्छ र शनि ल्याएर दिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एउटा कुरामा ट्रम्प इमानदार लाग्छन् । सिरिजको पहिलो भागले उनको सार्वजनिक जीवनको दशकबारे देखाउँछ । उनले प्रसिद्धि पाउनुअघिको समयबारे बोल्छ । युवावयका ट्रम्पका अन्तर्वार्ता गजब लाग्छन् । यी हेर्दा लाग्छ— ट्रम्प चिन्नै नसकिने त्यस्ता व्यक्ति हुन्, जो अरुभन्दा फरक छ । फरक त उनको हेयरस्टाइल पनि छ ।

प्रसिद्धि चाख्नुअघि ट्रम्प शान्त, विवेकी र रणनीतिक देखिन्छन् । बोल्दा तौलेर शब्द उच्चारण गर्छन् र प्रश्नहरूलाई सटिक रूपमा जवाफ दिन्छन् । उनको भावभंगिमामा सादगी देखिन्छ । तर, अहिलेको समयले अर्कै ट्रम्प देख्यो । प्रसिद्धिको शिखरमा पुगेपछि त्यसको नशाले मान्छेलाई अर्कै बनाइदिन्छ । ट्रम्प पनि अर्कै भए । अर्कै बोले । अर्कै व्यवहार देखाए । अहिले उनी प्रसिद्धिको त्यस्तो दुव्र्यसनमा छन्, जसबाट उनी कहिल्यै उम्कन सक्नेछैनन् ।

Global Ime bank

युवावयका ट्रम्प मायालु लाग्छन् । उनी आत्मविश्वासी देखिन्छन् । र, उनी अन्तर्वार्तामा स्पष्ट भनिदिन्छन्, “म आत्मविश्वासी छैन । मलाई यो शब्दै मन पर्दैन ।”

यी तन्नेरी ट्रम्पलाई आफू देखिनु र चिनिनुको उति परवाह छैन । पिताको विरासत सम्हाल्दाको शुरुआती चरणमै इभाना म्यारीसँगको विवाहताका देखिने सौम्य ट्रम्प समयको यो लामो कालखण्डमा कसरी यति छुद्र भए भन्ने दृष्टान्त रोचक लाग्छ । वैवाहिक समारोह जति साधारण र सादगीपूर्ण देखिन्छ, तन्नेरी ट्रम्प पनि त्यस्तै प्रिय देखिन्छन् । कामप्रति इभानाको जोश र वैयक्तिक उन्नतिप्रतिको उनको लालसाले कतै न कतै ट्रम्पलाई पनि तिलस्मी बनाउन सघाएकै हो । ट्रम्पले जानीजानी इभाना छनोट गरेका हुन् किनभने उनी चाहन्थे— त्यस्ती जीवनसाथी होओस्, जो सँगै भएर आफूलाई चुनौती दिइरहोस् ।

पिताको विरासत सम्हालेपछि ट्रम्पले पहिलो र सफल काम गरे, ‘ट्रम्प टावर’ ठड्याए, जुन सत्तरीको दशकमै सर्वाधिक महँगो मानिने म्यानहटन (न्युयोर्क)को केन्द्रमा छ । यो उनको अत्यन्तै महत्वाकांक्षी परियोजना थियो । र, यसको जिम्मा लिएकी थिइन् बार्बरा रेस, जो ट्रम्पसँग कहिल्यै डराइनन् । असन्तुष्टि जाहेर गर्नुमा उनी ट्रम्पका पिताभन्दा पनि अगाडि थिइन् । रेसले ट्रम्पसँगका स–साना किस्सा सुनाउँछिन् । भन्छिन्, “ट्रम्पले विचारलाई सम्मान गर्थे । कामका दौरान हुने (चर्कै) बहसलाई उनी रचनात्मक र अत्यावश्यक ठान्थे । यसलाई उनी मित्रवत् तरिकाले लिन्थे ।”

म्यानहटनको भीमकाय भवन निर्माणपछि उनले सगौरव त्यसलाई ‘ट्रम्प टावर’ नाम दिए । र, ट्रम्प त्यहीँबाट ‘अर्कै’ भएका हुन् । वास्तविकताभन्दा धनको उन्माद बढी नशालु हुन्छ भन्ने ठानेको उनले त्यहीँबाट हो । त्यो उन्मादको झिल्कोले उनले आफ्नो भ्रमलाई चिन्नै सकेनन् । चिर्नै सकेनन् ।

त्यससँगै ट्रम्प अँध्यारो गुफाभित्र पसे । इमानदार कर्मचारी, ठेकेदारहरूले पैसा पाउनै छाडे । ट्रम्पले अप्ठ्यारा प्रश्नको उत्तरै दिन छाडे । र, उनीहरूलाई आक्रमण गर्न थाले, जसले त्यस्ता प्रश्न गर्थे । र, उनको आक्रमण सधैं बोलेरमात्रै भएन । नबोलेरै उनले त्यस्ता तमाम प्रश्नको हत्या गरिदिन्थे, जुन उनीविरुद्ध हुन्थे । यो कला उनले कसरी विकास गरे, भन्न सकिन्न । तर, खुंखार गिरोहका मुद्दा लड्ने रोय कोन ट्रम्पका दाहिने थिए । यसले पक्कै केही संकेत गर्छ ।

म्यानहटनको भीमकाय महलपछि ट्रम्पका आँखा क्यासिनोतिर सोझिए । त्यसपछि उनी त्यस्ता भ्रष्ट भए, जसले बारम्बार उन्मुक्ति पाइरहन्थे । ट्रम्पले ‘ट्रम्प टावर’ ठड्याउँदा तमाम करबाट उन्मुक्ति पाएका थिए । न्युयोर्कका मेयरले उनको करमुक्ति घोषणा गर्दा देशभर त्यसको (सकारात्मक÷नकारात्मक) चर्चा भएको थियो ।

अनि, ट्रम्पका अभिव्यक्ति र व्यवहार अत्यन्त विद्वेषपूर्ण र अराजक हुँदै गए । पत्नी इभाना र उनको सम्बन्धमा दरार आउँदै गए । इभानाविरुद्धको आक्रोशपूर्ण अभिव्यक्तिले ट्रम्पले मान्दै÷देखाउँदै आएको ‘शक्तिशाली दम्पती’को ओज सेलाउँदै गयो । र, उनले चाहेको बलशाली हात खिइँदै गयो ।

यी अनेक उतारचढापपछि ट्रम्पले बार्बरा रेसलाई पुनः टिममा ल्याए । तर, रेसले पहिलेका ट्रम्प र त्यतिबेलाका ट्रम्पबीचमा आकाश–जमिनको फरक पाइन् । रेस भन्छिन्, “अब उनलाई चुनौती दिएको मन पर्न छाड्यो र मिलेर काम गर्ने उनको स्वभाव मरेर गयो ।”

यो सिरिजले ट्रम्प अनेकन् पाटा उधिन्छ । त्योभन्दा बढी उनको जीवनका अँध्यारा र दुःखद घटनामा प्रकाश पार्छ । राष्ट्रपतीय निर्वाचनमा उनले पाएको अप्रत्याशित विजयलाई पनि यसले सँगसँगै जोडेर हेर्छ ।

ट्रम्पले आफूलाई सधैं भीमकाय पुरुषवादी संकीर्ण घेराभित्र राख्न रुचाउँछन् । र, उनले आफूलाई सधैं त्यसैगरी नै प्रस्तुत गरे । इच्छा भयो भने जस्तासुकै महत्वाकांक्षा पनि किन्न सकिने दम्भ उनमा विकास हुँदै गयो । र, संयोग नै मान्नुपर्छ, उनी यसमा सधैंजसो सफल पनि हुँदै गए । आफ्ना विरोधीलाई उनले यही ‘डक्ट्रिन’अनुसार किनारा पार्दै लगे । अचम्म मान्नुपर्छ, यसबापत उनले त्यस्तो ठूलो मूल्य कहिल्यै चुकाउनु परेन ।

म्यानहटनको टावरसँगै ट्रम्पले आफ्ना इमानदार समर्थकको समूह पनि उसैगरी खडा गरे । यसमा उनले केही दशकमै सफलता पाए । समर्थकले ट्रम्पका अनेकन किंवदन्तीलाई पछ्याउँदै गए । विरोधीले उनका जे–जस्ता पक्ष उठाउँथे, समर्थकले तिनैलाई आकर्षित गर्न थाले । यस्तो भयो— ट्रम्पका कमजोरी नै समर्थकका लागि शक्ति बने । ट्रम्पको जीवनशैली खुलारूपमा स्खलन हुँदै गयो, अनैतिक हुँदै गयो । तर, समर्थकका लागि यही इमानदार छवि लाग्यो ।

वर्षौंपछि रोजर स्टोन (अमेरिकी राजनीतिक सल्लाहकार, जो रिपब्लिकन पार्टीका उम्मेदवारका लागि विपक्षी उम्मेदवारबारे अनुसन्धान गर्छन्)ले ट्रम्पलाई राजनीतिमा छिर्न सल्लाह दिए । उनलाई थाहा थियो— अमेरिकी समाजका पुरातन संस्थाहरू विस्तारै क्षय हुँदै थिए, र त्यसैबीच पप–संस्कृति विकास हुँदै थियो । स्टोन रहस्यमी र अप्रिय पात्र हुन सक्छन् तर उनको विवेक सटिक छ । शायद उनी नै त्यस्तो पहिलो व्यक्ति हुन्, जसले ट्रम्पलाई राष्ट्रपतिका रूपमा देखेको थियो ।

सिरिजको अन्तिम भागले २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनबारे भन्छ, जसबारे हामी सबैजसोलाई थाहा छ । निर्वाचन अभियानलाई लिएर ट्रम्पले वर्षौंदेखि गरेको (नियतवश होस् या अञ्जानमै) गृहकार्यलाई यसले छर्लंग देखाउँछ ।

ठट्टाकै रूपमा सही, युवावयमा उनले ‘ट्रम्प टावर’ ठड्याएपछि गरिएको एक अन्तर्वार्तामा आफू कुनै दिन अमेरिकाको राष्ट्रपति बन्ने बताएका थिए ।

र, कालान्तरमा उनको त्यही ठट्टा अमेरिकका लागि पनि दुःखद ठट्टा सावित भयो ।

अपमानजन्य व्यवहार, चर्चाको भोक र राष्ट्रपतीय सपना ट्रम्पको व्यक्तित्व नै बन्यो । अन्ततः उनले त्यसमै सफलता प्राप्त गरे । यी सबै घटनाक्रमलाई कतै न कतै देखे¬–भोगेको आधारमा म उनको आत्मविश्वास र इच्छाशक्तिको प्रशंसक पनि हुँ ।

ट्रम्पले जे–जति सफलता (वा विफलता) प्राप्त गरे, त्यो सोचनीय र रोचक छ । र, यो डरलाग्दो तथ्य पनि हामीसामु छ— आखिर ट्रम्पजस्ता व्यक्ति संसारकै शक्तिशाली मुलुक हाँक्ने स्थानमा कसरी पुगे ! आफ्नो व्यक्तित्वलाई धूलीसात बनाएर पनि अन्ततः ट्रम्पको दर्शनले नै विजय प्राप्त ग¥यो । जीवनका सर्वाधिक घृणित कार्यका बाबजुद उनले लाखौं, करोडौं समर्थक गोलबन्द गर्न सक्नु अद्भूत कला हो ।

तर, यहाँ उनको विजयले मात्रै अर्थ राख्दैन, रुचिपूर्ण यात्राले पनि उत्तिकै महत्व राख्छ । भीडमा खेल्न सक्नु, साम–दाम–दण्ड–भेदकै आधारमा सही— संसारको आँखा आफूतिर सोझ्याउनु (धेरैजसो रुष्ट, क्रूर र विरोधाभाषपूर्ण व्यवहारले) ट्रम्पको सर्वकालीन विशेषता बनेर गयो । नागरिकले नचाहेरै पनि उनको यस्तो दुरुह तस्बिर हेरिरहन्छन् । हेरिरहनु परेको छ ।

शायद राजनीतिले ट्रम्पलाई रुष्ट र विद्वेषपूर्ण बनाएको होला । र, शायद यही विशेषताकै कारणले उनले ह्वाइट हाउसको बाटो सोझ्याएका होलान् । यसको प्रभाव उनले ह्वाइट हाउस छाडेपछि पनि वर्षौंसम्म परिरहनेछ । यदि हामीले ‘ट्रम्पिजम’को निरन्तरता चाहँदैनौं भने हामीले पाठ सिक्नैपर्छ ।

ट्रम्प अमेरिकी दुःस्वप्न नबनून् !

साभारः फोब्र्स.कम
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १, २०७५  ०९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC