site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
स्तानबुलमा पत्रकार खशोग्गीको अन्त्येष्टि सभा
Sarbottam CementSarbottam Cement

स्तानबुल । टर्कीको स्तानबुलमा हत्या गरिएका साउदी पत्रकार जमाल खशोग्गीको स्मृतिमा शुक्रबार अन्त्येष्टि सभा गरिएको छ । सभामा राजनीतिक व्यक्ति, पत्रकार खसोग्गीका साथीहरू, शुभेच्छुक तथा समर्थकलगायत गरी झण्डै ५०० जना सहभागी थिए । 

विश्वका विभिन्न ठाउँबाट आएका ती व्यक्तिहरू फतिह मस्जीदमा भेला भएका थिए । उनीहरुले पत्रकार खशोग्गीलाई अन्तिम श्रद्धाञ्जलि दिएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दाआनका वरिष्ठ सल्लाहकार यासिन अक्तायले अन्त्येष्टि सभामा बोल्दै हत्या गरिएका पत्रकार जमाललाई न्याय दिन आह्वान गरे । 
 
साउदी पत्रकार खशोग्गी कामको सिलसिलामा इस्तानबुल आएका बेला गत अक्टोबर २ तारिखका दिन हत्या भएको थियो । उनको शवसमेत अहिलेसम्म बेपत्ता रहेको छ । 

स्तानबुलका प्रमुख अभियोक्ताका अनुसार पत्रकार खशोग्गीको शव बेपत्ता पारेर नष्ट गरिसकिएको छ । 

Global Ime bank

बिहीबार मात्रै साउदी अरबका सार्वजनिक अभियोक्ताले पाँच जनालाई यस घटनामा दोषी रहेको दावी सहित मृत्युदण्ड दिन माग गरेका थिए ।  रासस÷सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १, २०७५  ०८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC