site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
२७ बुँदे घोषणापत्र जारी गर्दै कोलम्बो प्रोसेस सम्पन्न, सुरक्षित श्रम आप्रवासनका लागि नैतिक दबाब दिने
Ghorahi CementGhorahi Cement

काठमाडौं । राजधानीमा सुरु भएको कोलम्बो प्रोसेस शुक्रबार सम्पन्न भएको छ । २७ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै पाचौं उच्च अधिकारी (सचिव) स्तरीय वैठक र छैटौं मन्त्रीस्तरीय परामर्श सम्पन्न भएको हो ।

आफ्नो मुलुकबाट मध्यपूर्वी एसिया र मलेसियामा कामदार पठाउने १२ वटा देशले वैदेशिक रोजगारलाई थप व्यवस्थित र मर्यादित बनाउने तथा श्रम आप्रवासनका समस्या समाधानका लागि अन्तर्राष्ट्रिय मञ्चबाट नैतिक दबाब दिने निर्णय गरेका हुन् ।

वैदेशिक रोजगारी र आप्रवासनलाई थप व्यवस्थित बनाउन मञ्चमा हाल काम गरिरहेका ५ वटा समितिले उच्च अधिकारीस्तरीय बैठकमा प्रस्तुतीकरण दिएका थिए । बिहीबार बसेको उच्च अधिकारी स्तरीय बैठकले शुक्रबारको मन्त्रीस्तरीय वैठकको लागि निर्णयका विषयवस्तु सिफारिस गरेको थियो । सोही आधारमा मन्त्रीस्तरीय वैठकले आवश्यक निर्णय लिएको हो ।

Agni Group

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) को समन्वयमा उक्त कार्यक्रम आयोजना भएको हो ।

शुक्रबार साँझ कोलम्बो प्रोसेसको घोषणापत्रबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा घोषणापत्रका प्रमुख बुँदाबारे जानकारी दिइयो । जसमा निकट भविष्यमा हुन लागेको मारास्कसमा हुने आप्रवासन सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन (जीसीएम)मा कोलम्बो प्रोसेसबाट उठेका सवाल कडा रुपमा प्रस्तुत गरिने उल्लेख छ । जीसीएमले कामदार भित्र्याउने देशलाई नैतिक दबाब दिने छ । कामदारहरु पठाउने मुलुकको मञ्च भएकाले जीएसएममा मध्यपूर्वी एसिया र मलेसियासँगको ती देशसँगको श्रम सम्बन्ध सुधार गर्न दवाव दिइने बताइएको छ ।

Global Ime bank

यसैगरी कोलम्बो प्रोसेसलाई आगामी दिनमा समेत सदस्य राष्ट्रले योगदानमा आधारित खर्च व्यवस्थापन प्रणालीबाटै निरन्तरता दिइने उल्लेख गरिएको छ । यसैगरी हाल क्रियाशिल रहेका छनौट प्रक्रिया कसरी स्वच्छ बनाउने, शीपको पहिचान र प्रमाणित गर्ने, कामदारलाई कामको नियम, व्यवहारबारे अभिमुखीकरणमार्फत् सही सुचना पुर्याउने, रेमिट्यान्सलाई वैधानिक ढंगले देश भित्र्याउने र श्रम बजारबारे अध्ययन गर्ने कार्य समूहमा अन्य ४ समूह थपिएको पनि जानकारी दिइयो ।

अन्य ४ समूहमा कामदारको स्वास्थ्य, आप्रवासनमा दीगो विकास, महिला श्रमिकको समान अधिकार र कन्सुलर सेवा सम्बन्धि अध्ययन गर्ने समूह रहेका छन् । यसैगरी घोषणापत्रमा कोलम्बो प्रोसेसको प्रगति प्राविधिक सहयोग युनिटमार्फत् अनुगमन गरिने पनि उल्लेख गरिएको छ ।

नेपालसहित अफगानिस्तान, बंगलादेश, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्यान्ड र भियतनाम गरी १२ वटा ‘लेबर सेन्डिङ’ देश काठमाडौंमा उच्च अधिकारी (सचिब)स्तरीय बैठक र मनत्रीस्तरीय परामर्श बैठक बसेका हुन् ।

कोलम्बो प्रोसेसबारेः

वैदेशिक रोजगारमा कामदार पठाउने एशियाली राष्ट्रहरुको साझा मञ्चका रुपमा कोलम्बो प्रोसेसको स्थापना सन् २००३ मा श्रीलंकामा भएको थियो । अन्तराष्ट्रिय आप्रवासनका विषयमा क्षेत्रीय परामर्श गर्ने उद्देश्यले यो मञ्च सञ्चालित छ । यसको वैठकमा अन्तर्राष्ट्रिय आप्रवासन र अनुबन्धमा आधारित श्रमका विषयमा सदस्य मुलुकहरु एक आपसमा परामर्श गर्ने गरेका छन् ।

वैदेशिक कामदारहरुको हक र अधिकारको प्रवर्द्धन, सेवा र सुविधाको संरक्षणका अतिरिक्त  नयाँ गन्तव्य बजारको खोजी,  विप्रेषणको वैधानिक प्रवाहको बढोत्तरी  एवं आप्रवासनको व्यवस्थापकीय क्षमता विकास, तथ्यांक संकलन र विश्लेषण एवं राष्ट्र–राष्ट्र बीचको वैदेशिक रोजगार सुधारका क्षेत्रमा हुने सहकार्यलाई कोलम्बो प्रोसेसले आफ्नो स्थापनाकालदेखि नै प्राथमिकतामा राखेको छ ।

२९ मार्च २०१७ देखि यसको अध्यक्षता नेपालले गरिरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  १९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC