काठमडौं । एनआइसी एसिया बैंक लिमिटेडले आर्थिक वर्ष २०७४–७५ का लागि प्रतिसेयर १० रुपैयाँ (१० प्रतिशत) लाभांश र त्यसका लागि प्रतिसेयर शून्य दशमलव ५२६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने एनआइसीले जनाएको छ ।
बैंकले गत आवमा वार्षिक विन्दुगत आधारमा कर्जा तथा सापटीतर्फ ४८ अर्ब (६७ प्रतिशत) ले वृद्धि गरी १ खर्ब २० अर्ब तथा निक्षेपतर्फ ६४ अर्ब (७३ प्रतिशत) ले वृद्धि गरी १ खर्ब ५२ अर्ब संकलन गरेको छ । त्यसैगरी चालू आव पहिलो त्रैमासिकमा कर्जा तथा सापटीतर्फ वार्षिक विन्दुगत आधारमा ६१ प्रतिशत (५३ अर्ब) ले वृद्धि गरी १ खर्ब ३९ अर्ब तथा कूल निक्षेप संकलनमा ५८ प्रतिशत (६० अर्ब) ले वृद्धि गरी १ खर्ब ६३ अर्ब गरेको छ ।
त्यस्तै खुद नाफामा १ सय ७० प्रतिशत ( ४७ करोड) ले वृद्धि गरी ७५ करोड ५३ लाख आर्जन गरेको छ ।