दाङ । पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले प्रहरी सहायक निरीक्षक सहित दुई जना प्रहरीलाई निलम्वन गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत थुनुवा कमाण्डर प्रहरी सहायक निरीक्षक सुनिल शाह र प्रहरी जवान शेरबहादुर बुढाथोकीलाई कात्तिक २९ गतेदेखि लागुहुने गरि निलम्वित गरिएको ईप्रका तुलसपुरका प्रमुख प्रेबहादुर शाहीले जानकारी दिएका छन् ।
कात्तिक २५ गते कुटपिट मुद्दामा पक्राउ परेका तुलसीपुर उपमहानगरपालिका वडा नं ५ रानीजरुवा निवासी १९ बर्षीय विष्णु बुढाथोकी घोराहीबाट म्याद थपेर ल्याउँदै गर्दा ईप्रका नजिकै प्रहरीकै बीचबाट बसको झ्यालबाट हाम फालेर भागेका थिए । प्रहरी सहायक निरीक्षक शाहलाई पाँचनम्वर प्रदेश प्रहरी कार्यालयले र प्रहरी जवान बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय दाङले निलम्वित गरेको डीएसपी शाहीले बताए ।