site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सहिद स्मारक ‘ए’ डिभिजन लिग शनिबारदेखि पुनः सुचारु हुँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । पाँच वर्षपछि भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग चाडबाड विश्रामपछि शनिबारबाट पुनः सुचारु हुँदैछ । असोज १३ मा सुरु गरिए पनि बंगलादेशमा भएको बंगबन्धु गोल्डकप तथा दशैँ र तिहारका कारण स्थगित लिग शनिबार सुचारु हुँदा साबिक विजेता मनाङ मर्स्याङदी क्लब र न्युरोड टिम (एनआरटी) बीच खेल हुनेछ । शनिबारै सशस्त्र प्रहरी बलको हल्चोकस्थित मैदानमा हुने अर्को खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले नवप्रवेशी च्यासल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

लामो समयको विश्रामपछि सुरु हुन लागेको लिगका लागि क्लबहरुले खास तयारी गर्न पाएका छैनन् । दशैँ, तिहार र छठजस्ता ठूला चाडका कारण क्लबहरुको तयारी प्रभावित भयो । तथापि मैदानमा सबै टोलीको उदेश्य बढि भन्दा बढि अंक हासिल गर्नु हुनेछ । उपाधि रक्षाको अभियानमा रहँदा मनाङले स्वभाविक रुपमा जितको लक्ष्य बनाउँदा शनिबार एनआरटी भने बराबरीका साथ कम्तिमा एक अंक खोस्ने अभियानमा हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

“युुवा खेलाडीको टिम भएकाले हामी केही कमजोर छौं । टिममा एक/दुई जना सिनियरबाहेक सबै युुवा खेलाडी छन् । मनाङ मस्र्याङ्दी राम्रो टिम हो । तर, हामी उनीहरुलाई रोक्ने गरी खेल्नेछौं । लिगको पहिलो खेलमा हामीले आर्मीलाई कडा टक्कर दिएका थियौं । तर रेफ्रीको गलत निर्णयका कारण हामी बराबरीमा सीमित भयौं । मनाङसँग हामी त्योभन्दा उच्च स्तरको फुटबल खेल्नेछौं ।”

अत्यन्तै विवादास्पद बनेको जारी लिगको पहिलो खेलमा आर्मी र एनआरटीले २—२ को बराबरी खेलेका थिए । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी)माथि ३–१ को रवाफ जमाएको मनाङले शनिबार विजययात्रालाई निरन्तरता दिने लक्ष्य लिएर मैदान उत्रिने योजना बनाएको छ । 

Global Ime bank

“एनआरटी राम्रो टिम हो । एनआरटीलाई कमजोर आँक्ने गल्ती हामी गर्ने छैनौं । तर, त्यसको मतलब, हामी डराएका भने छैनौं । जित हाम्रो एकमात्र लक्ष्य  हो,” मनाङका  अफ्रिकी प्रशिक्षक तोपे फुजाले भने ।

च्यासल र आर्मीका लागि लिगको पहिलो खेल मिश्रित सफलताका थिए । एनआरटीसँग हारको निक्कै नजिक पुगिसकेको आर्मी रेफ्रीको विवादास्पद निर्णयबाट प्राप्त गोलमा अन्तिम समयमा बराबरी गर्दै अंक बाड्न सफल भएको थियो । यसैगरी च्यासलले मछिन्द्र क्लबसँग गोलरहित बराबरीमा चित्त बुझाएको थियो । दोस्रो खेलमा शनिबार आमने–सामने हुँदा भने दुवै टोली जितको खोजीमा हुने छन् । 

च्यासल नवलपरासीमा बिहीबार सम्पन्न राइनो कपको उपाधि जितेको थियो । जसका कारण मनोबल उच्च भए पनि लिगकै लागि भनेर तयारी गर्न नपाएको प्रशिक्षक राजुकाजी शाक्यले बताए । कावासोतीबाट राइनो कप खेलेर आज शुक्रबारमात्र काठमाडौं आइपुगेको बताउँदै प्रशिक्षक शाक्यले थपे, “लिगकै लागि भनेर राम्रो तयारी गर्न त पाएका छैनौं । तर, पनि भोलीको खेलमा केटाहरुले राम्रो खेल्ने छन् ।”

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले राइनो कपको च्याम्पियन भए पनि च्यासललाई हराउन आफूहरु सक्षम रहेको प्रतिक्रिया दिए । “अघिल्लो खेलमा भएका कमजोरीलाई सुधार्दै अगाडि बढ्छौं । हामी नियमित प्रशिक्षण हुने भएकाले तुलनात्मक रुपमा राम्रो टिम हौं । तर लिगमा सहभागि सबै टिम उत्तिकै राम्रा छन् । हामी च्यासलसँग जितको योजनासहित राम्रो खेल्नेछौंं ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  १८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC