सहकारीलाई दियो कोबेल्कोले एक्स्काभेटर 

सहकारीलाई दियो कोबेल्कोले एक्स्काभेटर 

काठमाडौं । कोबेल्को कन्स्ट्रक्सन मेसिनरी कम्पनी लिमिटेड जापान र कोबेल्को कन्स्ट्रक्सन इक्विपमेन्ट इन्डिया प्रालिले पाल्पास्थित मित्याल सामुदायिक विकास कृषि बहुउद्देश्यीय सहकारीलाई एकथान कोबेल्को मिनी एक्स्काभेटर र हाइड्रोलिक रक ब्रेकर निःशुल्क सहयोग गरेको छ । 

जापानी कम्पनी तोहोकु कुरोसावा केन्सेत्सु कम्पनी प्रालि र हासिमोतो केन्की कम्पनी लिमिटेडले उपलब्ध गराएको ‘एसके३५एसआर–६’ मोडलको कोबेल्को मिनी एक्स्काभेटर र हाइड्रोलिक रक ब्रेकर बिहीबार कोबेल्कोले हस्तान्तरण गरेको हो ।  

ताहोकु कुरोसावाका प्रमुख कार्यकारी अधिकृत मासायुकी सातोले नेपालमा किन्डरगार्टन स्थापना र पानी आपूर्तिसम्बन्धी काममा सहयोगको गर्दै आएको र त्यसमा थप थप योगदान दिन एक्स्काभेटर दिइएको कम्पनीले जनाएको छ ।

एक्स्काभेटर हस्तान्तरण कार्यक्रममा कोबेल्को इन्डियाका नेपाल प्रमुख योगेश खुराना र पूजा कन्स्ट्रक्सनका प्रतिनिधिलगायत सहभागी थिए । मेसिनको मर्मत सेवा पूजाले उपलब्ध गराउने छ । हाल नेपालमा ७ सयभन्दा बढी कोबेल्को एक्स्काभेटर सञ्चालनमा छन् । 

प्रतिकृया दिनुहोस