आईएमईको १ लाख मल्ललाई

आईएमईको १ लाख मल्ललाई

काठमाडौं । रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमईले यो वर्ष चाडपर्वमा सञ्चालन गरेको ‘दसैंमा बीस लाख’ योजनाको पहिलो महिनाको विजेता घोषणा गरेको छ । 

कम्पनीका अनुसार जापानको क्योदाइ रेमिट्यान्सबाट नेपालमा आईएमई गरेका नेत्रबहादुर मल्ल सफ्टवेयर लक्की ड्रबाट नगद १ लाखसहित बिजेता घोषित भएका हुन् ।

योजना अवधिभर गरिएको कारोबारलाई आईएमईको सफ्टवेयर पद्दतिमा जोडेर लक्की ड्रबाट छनोट हुने विजेतामध्ये प्रत्येक दिन १० जनालाई ‘आईएमई पे’ मार्फत १ हजारको बिल भुक्तानी, हरेक साता एकलाई १० हजार नगद, हरेक महिना एकलाई १ लाख नगद तथा बम्परमा एकजनालाई २० लाख नगद प्रदान गरिने आईएमईले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस