site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

भारत । भारतको तटीय क्षेत्रमा शुक्रबार आएको भीषण सामुद्रिक आँधीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । हजारौंको सङ्ख्यामा रुखहरु आवासीय भवन र सवारी साधनमा ढलेका कारण दशौं हजार व्यक्तिहरु आ–आफ्नो आश्रयस्थलबाट भागेका थिए । 

‘गाजा’ नाम दिइएको यो सामुद्रिक आँधी तामिलनाडु राज्यमा १२० किलोमिटर प्रति घण्टाको हिसाबले आएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसअघि सो आँधी नागापात्तिनाम नजिकैको तटीय क्षेत्रमा आएको भारतीय मौसम अधिकारीहरुले जानकारी दिएका छन् । गाजा आँधीको कारण कम्तीमा ११ को मृत्यु भएको बताइएता पनि यसको विस्तृत विवरण भने प्राप्त भएको छैन । 

भारत सरकारले यस प्रकोपमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही दश लाख भारु क्षतिपूर्ति दिइने घोषणा गरेको छ । यस आँधीको कारण क्षतिग्रस्त र ध्वस्त भएका सडकहरु र विद्युतीय लाइनको मर्मतको लागि सयौं आपतकालीन उद्धारकर्मीहरु परिचालन गरिएको छ ।

Global Ime bank

दक्षिण भारतमा हरेक वर्ष अप्रिलदेखि डिसेम्बरसम्म आँधीले सताउने गरेको छ । गत वर्ष तमिलनाडु र केरलामा आएको ओच्खी नामक आँधीका परी करिब दुईसय ५० जनाको मृत्यु भएको थियो । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC