site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
परराष्ट्र मन्त्री ज्ञवाली शनिबार जापान जाँदै
Ghorahi CementGhorahi Cement

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली जापान र थाइल्याण्डको भ्रमणको लागि शनिबार टोकियो प्रस्थान गर्दैछन् । जापानका विदेश मन्त्री तारो कोनोको औपचारिक निमन्त्रणामा उनी जापान जान लागेका हुन् । फर्कदा उनले थाइल्याण्डको पनि भ्रमण गर्नेछन् । 

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री ज्ञवालीले मंसिर १ देखि ५ गतेसम्म जापानको ६ र ७ गते थाइल्याण्डको भ्रमण गर्नेछन् । मन्त्री ज्ञवालीसँगै उनकी श्रीमती सरस्वती ज्ञवाली अर्याल पनि जापान र थाइल्याण्डको भ्रमण गर्ने जनाइएको छ । 

Agni Group

भ्रमणका बेला मंसिर ३ गते टोकियोमा नेपाल र जापनका प्रतिनिधिमण्डलबीच द्विपक्षिय वार्ता हुनेछ । दुवै देशका परराष्ट्र मन्त्री बैठकमा सहभागी हुनेछन् । बैठकपछि दुवै देशका परराष्ट्र मन्त्रीको उपस्थितीमा द्विपक्षिय सहयोग सम्बन्धी एक ‘नोट’मा हस्ताक्षर हुनेछ । खाद्य सहायता कार्यक्रम सम्बन्धी नोटमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

जापानमा रहँदा परराष्ट्र मन्त्री ज्ञवालीले त्यहाँका कृषि तथा वन मन्त्री ताकामोरी योशीकावासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उनले जापानका बिभिन्न राजनीतिक दलका नेताहरुसँग पनि भेटवार्ता गर्ने जनाइएको छ । टोकियोमा हुने नेपाल लगानी सम्मेलनमा सहभागी भई सम्मेलनलाई उनले सम्बोधन गर्नेछन् । जापानमा रहेका नेपाली समुदायसँग समेत उनले अन्तरक्रिया गर्ने कार्यक्रम राखिएको छ । 

Global Ime bank

परराष्ट्रका अनुसार मन्त्री ज्ञवाली मंसिर ६ गते जापानबाट थाइल्याण्ड प्रस्थान गर्नेछन् । सोही दिन उनले बैंककस्थित नेपाली दूतावासको निरक्षण गर्ने जनाइएको छ । मंसिर ७ गते उनको नेपाल फर्कने कार्यक्रम छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC