site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सेनाकी रशिला तीन विधामा उपाधि नजिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन योनेक्स सनराईज आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत महिला एकल, युगल र यु—१७ महिला तीनै विधातर्फ उपाधिनजिक पुगेकी छन् । महिला एकलतर्फ भएको सेमिफाइनलमा एपिएफकी जेशिका गुरुङ्गलाई २१–१३, २१–११ को सेटमा हराउँदै रशिलाले उपाधिका लागि आर्मीकै नङ्गशल देवी तामाङसँगको भेट पक्का गरेकी छन् । नङशल देबीले एपिएफकी शोभा गौचनलाई २१–१२, २१–८ को सेटमा पराजित गरिन् । 

यस्तै,यु—१७ महिलातर्फ रशिलाले मोरङकी रोज पाण्डेलाई २१–९, २१¬–६ को सोझो सेटमा पराजित गरिन् । फाइनलमा अब रशिलाले आर्मीकै रञ्जना भट्टसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । रञ्जनाले मोरङ्गकै सिमा राजवंशीलाई २१–१६, २१–१५ ले पन्छाउँदै फाइनल स्थान बनाएकी हुन् । युगलतर्फ रशिला र नङ्गशल जोडीले बाँकेकी सीता राई र सम्झना शर्माको जोडीमाथि २१–११, २१–११ को सोझो सेटमा जित निकालेकी छन् । अब रशिला र नङ्गशलले फाईनलमा एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङ्गको सामना गर्ने भएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

पुजा र जेशिकाको जोडीले आर्मीका अमिता गिरी र अनुमाया राईको जोडीलाई २१–१४, १७–२१,२१–१३ ले पराजित गरेकी थिइन् । यु—१७ पुरुषतर्फ प्रिन्स दाहाल प्रियान्सु सिंह क्षेत्रीलाई २१–१२, २१–९ ले हराउँदै फाइनल पुगेका छन् । उनले अब फाइनलमा आर्मीका दिवस शंकरसँग प्रतिस्पर्धा गर्नेछन् । शंकरले जेष्टकै पेम्बा शेर्पालाई २१–१४, १५–२१ ,२१–१२ ले पराजित गरे । पुरुष एकलतर्फ आर्मीका रत्नजित तामाङ्ग रुकेश महर्जनलाई २१–११, २१–१४ को जित निकाले । 

अब रत्नको भेट एपीएफका दिपेश धामीसँग हुनेछ । दिपेशले आर्मीका नविन श्रेष्ठलाई २१–१७, २१–६ ले पाखा लगाए । पुरुष युगलतर्फ सेनाका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले फाइनलमा एपीएफका दिपेश धामी र विजित थापा मगरको जोडीसँगको भेट पक्का गर्यो । तामाङ्ग र नविनको जोडीले आर्मीकै रुकेश महर्जन र प्रफुल महर्जनलाई २१–१५, २१–१९ ले तथा धामी र मगरको जोडीले एपिएफकै गौतम कठायत र सुनिल जोशीको जोडीलाई २१–१७, १९–२१ र २१–१८ ले पाखा लगाउँदै फाइनल प्रवेश गरेका छन् । 

Global Ime bank

मास्टर्स ४५ वर्षमाथिको खेलमा आर्मीका सुभाष श्रेष्ठ र भूमि गुरुङ्गको जोडीले फाइनल यात्रा तय गरेको छ । श्रेष्ठ र गुरुङ्गको जोडीले जेष्ट ब्याडमिन्टनका अनुज पौडेल र प्रेम घलेको जोडीलाई २१–१५, २१–१७ ले पराजित गरे । यस्तै अर्को खेलम जेष्ट ब्याडमिन्टनका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडीले ललितपुरका सुनिल मान शाक्य र पूर्ण भक्त चित्रकारको जोडीलाई २१–११, २१–११ ले पन्छाउँदै फाइलनमा स्थान बनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC