site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विधानविपरीत गच्छदारलाई उपसभापतिः नेता केसी
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाले पार्टीको विधानमा एक जना मात्र रहने व्यवस्थाविपरीत विजयकुमार गच्छदारलाई मनोनित गरेर उपसभापति बनाएको आरोप लगाएका छन् ।  

“गच्छदारलाई मनोनित गरेकामा म सहमत छु, तर मनोनित गर्ने प्रक्रिया गलत भयो” उनले भने, “विधान संशोधन गरेर मनोनित गरेको भए हुन्थ्यो ।” नेता केसीले भोलिबाट बस्ने केन्द्रीय कार्यसमितिको बैठकको कार्यसूचीबारे आफूलाई थाहा नभएको बताए । उनले आफूले बैठक बस्नुभन्दा अगाडि कार्यसूची सबै केन्द्रीय समितिलाई दिनुपर्ने भनेर पटकपटक भन्दा पनि नदिएको बताए ।  

Agni Group

शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा केसीले भने,  “भोली केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ, तर कार्यसूची के हो भनेर थाहा छैन” उनले भने, “कार्यसूची नै नभएपछि कसरी बैठकमा आफ्ना कुरा राख्ने ।” उनले विधानअनुसार पार्टीका सबै पदाधिकारी निर्वाचित हुनुपर्नेमा जोड दिँदै एक व्यक्ति एक पदको अवधारणाअनुसार पार्टी चल्नुपर्ने धारणा राखे ।  

पार्टी नेतामा नभई नीतिमा चल्नुपर्ने भन्दै व्यक्ति नभई सामूहिक नेतृत्व पद्धतिबाट पार्टी सञ्चालन हुनुपर्ने उनको भनाइ थियो । नेता केसीले सरकार बनेको भर्खर नौ महीनामात्र भएकोले यो अग्निपरीक्षामा रहेको धारणा व्यक्त गरे । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC