साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘साँइली’ चैत १५ गते रिलिज हुने भएको छ । चलचित्र चैत १५ गते रिलिज गर्ने मिति तय गरिएको निर्देशक रामबाबु गुरुङले जानकारी दिए ।
मेनुका प्रधान उक्त चलचित्रमा साँइलीको भूमिकामा प्रस्तुत हुँदैछिन् भने गौरव पहाडी उनको अपोजिटमा देखिने छन् । दयाहाङ राई पनि उक्त चलचित्रको मुख्य कलाकार हुन् ।
निर्देशक गुरुङ नै चलचित्र ‘साँइली’ का लेखक पनि हुन् ।
‘सुन साँइली साँइली’ बोलको गीत हिट भएपछि उक्त चलचित्र निर्माणको घोषणा गरिएको थियो । हेमन्त रानाले गाएको गीत ‘सुन साँइली साँइली’को म्युजिक भिडियोमा पनि मेनुका र गौरवले नै अभिनय गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५ ११:३८
प्रतिक्रिया दिनुहोस्