site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जर्मनीको जितमा सानेको गोल
Ghorahi CementGhorahi Cement

एजेन्सी । लोरी सानेको गोलमा जर्मनीले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल अन्तर्गत बिहीबार राति रुसलाई ३–० ले पराजित गरेको छ ।  जर्मनीका प्रशिक्षक जोचिम लोउले सानेलाई विश्वकप टोलीमा समावेश गरेका थिएनन् । तर उनै सानेको उत्कृष्ट प्रदर्शनमा जर्मनीले खराब नतिजाको शृंखलालाई रोक्न सफल भएको छ । सानेको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

पहिलो रोजाईको खेलाडीलाई आराम दिएको जर्मनीका लागि सानेले आठौं मिनेटमा टोलीलाई अग्रता दिए । २५औं मिनेटमा निक्लास सुलले अग्रता दोब्बर बनाए । ४०औं मिनेटमा सर्ज ग्नाब्रीले गोल गर्दै ३–० को अग्रता दिए ।

Agni Group

“पहिलो हाफमा हामीले राम्रो खेल्यौं । खेल नियन्त्रणमा राख्न सफल भयौं,” जर्मनीका प्रशिक्षक लोउले भने, “हामीले त्यसबीचमा दुई सुन्दर गोल गर्न सफल भयौं । दोस्रो हाफमा गोलका अवसर सिर्जना गरे पनि त्यही लय कायम राख्न सकेनौं । खेलमा यस्तो समान्य हो ।”

२०१९ मा जर्मनीले खेलेका १२ खेलमा यो चौथो जित हो । विश्वकपमा खराब प्रदर्शन गर्दै समूह चरणबाटै बाहिरिएको जर्मनीलाई यस जितले केहि राहत पुगेको छ । जर्मनीले अब यूईएफए नेसन्स लिगअन्तर्गत खेलमा सोमबार नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । रुसले स्विडेनविरुद्ध खेल्नेछ । रुसका प्रशिक्षक स्टेनस्लभ चेर्चेसोभले जर्मनीको पहिलो हाफमा गरेको प्रदर्शनबाट आफु आश्यर्चमा परेको बताए । उनले थपे, “दोस्रो हाफमा हामीले सुधार ग¥यौं । पहिलो हाफमा हामी सम्हालिन पाएनौं । उनीहरुले हामीभन्दा धेरै आक्रमक खेले ।”

Global Ime bank

अर्को मैत्रिपूर्ण खेलमा चेक गणतन्त्रले पोल्यान्डलाई १–० ले हरायो । चेकका लागि जाकुब जानटोले गोल गरे । इजरायलले ग्वाटेमालमाथि ७–० को फराकिलो जित निकाल्दा इरानले ट्रिनिडाड एन्ड टोबागोलाई १–० ले हरायो । एन्टोनियो भ्यालेन्सिया र इनर भ्यालेन्सियाको गोलमा इक्वेडरले पेरुलाई २–० लाई २–० ले हरायो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  ११:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC