साहित्य
काठमाडौं । फ्राइडे रिलिज अन्तरगत आज (शुक्रबार) तीन वटा चलचित्र प्रदर्शनमा आएका छन् । ‘गुनगुन’, ‘दैलो’ र ‘अनुग्रह’ नामक नेपाली चलचित्र एकै दिन प्रदर्शनमा आएका हुन् ।
पुकार भट्टराईले निर्देशन गरेको चलचित्र ‘गुनगुन’मा सञ्चिता लुईंटेल, सुवास मेचे, रवीन्द्रप्रताप सेन, नीवन श्रेष्ठ लगायतका कलाकार मुख्य भूमिकामा छन् ।
सुवास उप्रतीले निर्देशन गरेको ‘दैलो’मा सुरेश उप्रेती, दुर्गा साउद, विक्रम चापागाईं, दीपक डोटेल, मुना प्रसाईं लगायतका कलाकार मुख्य भूमिकामा छन् ।
कुमार केसीले निर्देशन गरेको ‘अनुग्रह’मा सुवास मेचे, रोहण सेन्चुरी, आरती गुप्ता लगायतका कलाकार मुख्य भूमिकामा छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५ १०:५३
प्रतिक्रिया दिनुहोस्