site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सिजाको नयाँ विद्यालय
Sarbottam CementSarbottam Cement

आमाले सिजालाई नयाँ विद्यालयमा भर्ना गरिदिनुभएको थियो । ऊ नयाँ विद्यालयमा पहिलोपल्ट जाँदै थिई त्यसैले सिजालाई डर अनि पीर लागिरहेको थियो । “नयाँ स्कुलमा साथीहरु कस्ता होलान् ? सर–मिसहरु कस्ता होलान् ?” सिजाको मनमा अनेक कुराहरु खेलिरहेका थिए । 

“मलाई नयाँ विद्यालय जानै मन छैन ।” सिजाले आमालाई भनी । उसको मन आत्तिरहेको थियो । “किन र ? कतै विद्यालय नजाने पनि कुरा गर्छन् । यो विद्यालय पनि पहिलेको जस्तै राम्रो छ ।” आमाले सिजालाई सम्झाउनुभयो ।  नयाँ विद्यालयमा केटा र केटी दुवै एउटै कक्षाकोठामा बसेर पढ्छन् भन्ने उसले थाहा पाएकी थिई । सिजाको पहिलेको विद्यालयमा केटीहरु मात्र पढ्थे । यो कुराले यसलाई झन् पीर परिरहेको थियो । 

सिजाले खाना खाई र विद्यालय जान तयार भई । “हिँड छोरी, आज म तिमीलाई विद्यालय पुर्‍याइदिन्छु ।” बुबाले सिजालाई भन्नुभयो । बुबा सिजासँगै घरबाट निक्लिनुभयो ।  सिजालाई विद्यालयसम्म पुर्‍याएर बुबा अफिसतर्फ लाग्नुभयो । विद्यालय हाता भित्र पुग्ने बित्तिकै सिजाको मन ढुकढुक गर्न थाल्यो । उसको मुख रातो भयो । ऊ त्यहीँं उभिइरही । 

Prabhu Bank
Agni Group
NIC Asia

“तिमी नयाँ विद्यार्थी हो ? कुन कक्षामा हो ?” सिजालाई उभिरहेको देखेर सरले सोध्नुभयो । “हो, कक्षा ६ मा भर्ना भएकी छु ।” सिजाले सानो स्वरमा जवाफ दिई । 

सरले सिजालाई कक्षा कोठामा लिएर जानुभयो । उहाँले अरु विद्यार्थीमाझ सिजाको परिचय गराइदिनुभयो । त्यसपछि सिजा कक्षामा पछाडिको बेन्चमा गएर एक्ले बसी । “तिमी किन एक्लै बसेकी ? आऊ हामीसँगै अगाडि बसौँ ।” अनुजाले सिजाको नजिकै गएर भनि । उसले आफ्नो परिचय दिई । अनुजाले सिजाको हात समाउदै अगाडि लगेर आफू बसेको बेन्चमा बसाई । 

Global Ime bank

अनुजाले राकेश, गोपाल र विनासँग पनि सिजाको परिचय गराईन् । सिजालाई राकेश र गोपालसँग बोल्न अप्ठर्‍यारो लाग्यो । “हामी पनि तिमै्र साथीहरु हौंं ।” सिजाले अप्ठ¥यारो मानेकी देखेर राकेश र गोपालले भने । खाजा खाने समयमा सबैजना सँगै मिलेर खाजा खाए । राकेश र गोपालले रमाइला चुट्किला भनेर सिजालाई खूबै हँसाए । 

स्कुल छुट्टी भयो । गोपालको घर पनि सिजाको घरनजिकै थियो । त्यसैले दुवैजना सँगै घर फर्के । “सिजा ! भोलि बिहान पनि हामी सँगै विद्यालय जाने है । तिमी यहीं पर्खिराख्नु म पनि यहीं आउँछु ।” सिजाको घर पुगेपछि गोपालले भन्यो । यति भन्दै गोपाल आफ्नो घरतिर लाग्यो । गोपालको कुरा सुनेर सिजालाई अलि अप्ठर्‍यारो लाग्यो । तैपनि सँगै विद्यालय जाने साथी पाएकोमा ऊ खुशी भई । 
“विद्यालय कस्तो लाग्यो त ?” आमाले सिजालाई घरमा देख्नासाथ सोध्नुभयो । “धेरै रमाइलो । पहिलेको विद्यालयमा जस्तै यहाँ पनि मेरा धेरै साथीहरु बने,” सिजाले खुशी हुँदै भनी । 


कथा
यातना

इन्दिरा कोइराला

आज पनि रमेशलाई अँगे्रजी पठाउने सरले कुट्नुभयो, धेरै नै कुट्नुभयो । रमेश धेरै रोयो । अझै कुट्नुभयो, लठ्ठीले कुट्नुभयो । रमेशले रुँदै भन्यो – “सर ! भोलिदेखि म सधैँ गृहकार्य गर्छु ।” तैपनि सरले कुटिरहनुभयो । यो देखेर सबै विद्यार्थी छक्क परे ।
त्यसैबीच रुषाले धेरै साहस गरेर भनी –“सर ! रमेशलाई नकुट्नुस्, उसलाई धेरै दुःखिसक्यो, हेर्नुस् त उसको खुट्टामा सुम्लै–सुम्ला !”

सरले रुषालाई गाली गर्दै भन्नुभयो – “बढी जान्ने भएर बोल्दिरैछ, पख् कुटाई खाने पालो, अब तेरो । त्यसैबीचमा घण्टी लाग्यो । सर रुषालाई औँलो ठड्याउँदै अफिसतिर लाग्नुभयो । रमेश घुँक्क –घुँक्क गर्दै रोइरहेको थियो । 

सुरेशले रमेशको खुट्टाको सुम्ला देखाउँदै भन्यो– भोलि हामीले हेडसरलाई भन्नै पर्छ, त्यसबीचमा सरुले पनि थपी– हामीले कति सहने ? अस्ति पनि त्यै सरले अँगे्रजीको एक शब्द अशुद्ध भयो भनेर हरिलाई पनि त्यसरी नै कुट्नुभयो । कक्षा तीनमा पढ्ने श्याम एकछिन ढीला आयो भनेर नाकबाट रगत बग्ने गरी कुट्नुभयो । अब त अति नै भयो, उ रमेश हिंड्नै सकेन । सहनुको पनि सीमा हुन्छ, हामी सबै गएर हेडसरलाई यो कुराको जानकारी दिनैपर्छ । 

स्कूल विदा भएपछि घरमा पुग्दा रमेशलाई आमाले खाजा खान बोलाउनुभयो । खोच्याङ्ग–खोच्याङ्ग गर्दै रमेश आएको देखेर आमाले रमेशलाई सोध्नुभयो – “खुट्टामा के भयो ?” रमेशले जवाफ दियो –“लडेर घाउ भयो ।” दुवै खुट्टामा कसरी घाउ भयो हेरौँ त भन्दै आमाले हेर्दाखेरि रमेशका दुवै खुट्टामा तलदेखि माथिसम्म निलडाम । उहाँले रमेशलाई सर्टपनि फुकाल्न लगाउनुभयो, पिंठ्युँमा पनि डामै–डाम । 

आमाले धेरै केरकार गरेपछि मात्र रमेशले सत्य कुरा भन्यो । ऊ अँग्रेजी विषयमा मात्र किन कमजोर रहेछ, अनि मात्र उहाँले थाहा पाउनुभयो । बेलुकी रमेशका बाले रमेशमाथि गरिएका यातनाको विषयमा सबै थाहा पाउनुभयो । त्यसको भोलिपल्ट रमेशका बा र आमा दुवै स्कूल पुगी प्रधानअध्यापकलाई सबै कुरा भनी रमेशको जीउमा भएका निलडामसमेत देखाइदिनुभयो । यस्तो क्रुर यातना दिएको थाहा पाएर त्यस विद्यालयका सबै विद्यार्थीहरु एकजुट भई “बालबालिकालाई यातना दिन पाइँदैन, त्यस्ता शिक्षक चाहिँदैन,” भनी प्रधानाध्यापकको कार्यालय अगाडि जोडजोडका साथ नारा लगाउन थाले । 

यो देखेर प्रधानाध्यापकले अँगे्रजी पढाउने सरलाई बोलाउनुभयो । आफुविरुद्ध विद्यालयका सम्पूर्ण विद्यार्थीहरु लागेकाले उनी लाजले निथ्रुक्क भिजे । त्यसमाथि झन् प्रधानाध्यापकले विद्यालयबाटै निकालिदिने निधो गरेको देखेर ती शिक्षकको होस्–हवास् गुम भयो । अनि हात जोड्दै तिनले रमेशका बा आमालाई भने – “मबाट ठुलो भूल भयो, रिसको आवेगमा मैले पशुजन्य व्यवहार गरें । यो गल्तीका लागि एकपटक माफी दिनुभए मेरो जहान बाल–बच्चा भोकभोकै मर्ने थिएनन् ।” 

आँसु खसाल्दै याचनाको भिख माग्दै ती शिक्षक धुरु–धुरु रुन थाले । अनि प्रधानाध्यापकले रमेशका बातिर हेर्नुभयो । रमेशका बाले लामो सास तान्दै भन्नुभयो – “भैगो हेडसर ! एकपटकका लागी यी सरलाई माफी दिनुहोस् । सबैका छोराछोरी समान हुन् । यदि तपाईको छोरालाई यसरी नै अरुले कुटेको भए तपाई के गर्नुहुन्थ्यो ?” ती शिक्षकले केही बोलेनन्, मात्र निन्याउरो मुख लगाएर उभिई रहे । 

प्रधानाध्यापकले ती सरलाई भन्नुभयो –“ल उहाँको कुरा स्वीकार्दै एकपटकलाई माफी दिईयो, तर बाहिर भेला भएका विद्यार्थीहरुलाई गएर सम्झाउनुहोस् ।” त्यतिबेलासम्म बाहिर भेला भएका विद्यार्थीहरुले भित्रको सबैकुरा थाहा पाई आ–आफ्नो कक्षामा पढ्न पुगिसकेका थिए । 

शिक्षक बाहिर आउँदा कोही थिएनन्, र पनि जोडले उनी भन्न थाले – “बाबु नानी हो ! मेरो गल्तीका लागि म साह्रै लज्जित छु । अबदेखि यस्तो गल्ती कहिल्यै दोहोरिने छैन ।” यति भन्दै उनी आफ्नो कार्यालयभित्र प्रवेश गरे ।

 

सेवाको मूल्य
कमल कँडेल “प्रकृति”

सानासाना भाइबहिनीहरु हो ! तिमीहरुले सेवा भनेको बुझेका छौ ? नबुझेको भए सुन, म तिमीहरुलाई सेवाको कति महत्व छ भन्ने बारेमा केही कुरा भन्छु । सेवा भनेको तिमीहरुजस्तै भाइबहिनीको नाम होइन, यो त मानवीय सेवाको नाम हो । जसले अरुको सेवा गर्छ उसले जीवनमा धेरै नाम कमाउँछ, धेरै साथीहरु बनाउन सक्छ र सबै भाइसाथीहरुबाट स्याबासी पाउँछ । 

तिमीहरुले पनि अहिलेदेखि नै सेवा गर्ने भावनाले ओतप्रोत भएर अपाङ्गता भएका र दीनदुःखी मानिसहरुको सेवा गर्नुपर्छ । आफुले जति सकिन्छ त्यति नै सहयोग गर्नुपर्छ । कहीँ कतै दुःखी, असहाय मानिसहरुलाई देख्यौ भने माया गर्नुपर्छ, प्रेम गर्नुपर्छ । हाम्रो गाउँघरमा कति मानिसहरु कसैको सहारा नपाएर व्याकुलताले उदासीन भएर बसेका छन् त्यस्ता मानिसहरुको सेवा गर्नु तिम्रो, हाम्रो कर्तव्य हो । 

अरुको सुखमा आफुले सन्तोष गर्न सक्नुपर्छ । “लोकाः समस्ताः सुखिनो भवन्तु” (सम्पूर्ण प्राणीहरु सुखी होऊन्) भनिएको छ । यो वैदिक प्रार्थनासँगै तिमीहरुले पनि संसारको हित हुने काम गर्नुपर्छ । 

(बाह्रखरी डटकम अनलाइन पत्रिका तथा हातेमालो संचारको सहकार्यमा प्रस्तुत बाल सामग्री ।)

    
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  १०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC