site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
स्पेनमाथि क्रोयसियाको रोमाञ्चक जित 
Sarbottam CementSarbottam Cement

एजेन्सी । टिन जेडभाजले इन्जुरी समयमा गरेको गोलमा क्रोएसियाले बिहीबार राति यूईएफए नेसन्स लिगमा स्पेनमाथि ३–२ को रोमाञ्चक विजय हासिल गरेको छ ।

विश्वकप उपविजेता क्रोएसियालाई जिताउन जेडभाजले दुई तथा एन्ड्रिज क्रामारिचले एक गोल गरे । स्पेनका ड्यानियल सेवालस र सर्जियो रामोसले गोल गरेका थिए । घरेलु मैदान माकसिमिरमा क्रोएसियाले क्रामारिचको गोलबाट ५४औं मिनेटमा अग्रता लिएको थियो । क्रामारिकले इभान पेरिसिचको पासमा गोल गरेका थिए । त्यसको दुई मिनेट  वित्न नपाउदै ड्यानियल सेवालेसले इस्कोको पासमा बराबरी गोल फर्काए ।

Prabhu Bank
Agni Group
NIC Asia

६९औं मिनेटमा जेडभाजले कप्तान लुका मोड्रिचको पासमा पूनः क्रोएसियालाई अग्रता दिए । ७८औं मिनेटमा स्पेनले पेनाल्टी अवसर पायो । जसमा कप्तान सर्जियो रामोसले कुनै गल्ति गरेनन् । अन्तिम समयमा जेडभाजले गोल गर्दै क्रोएसियालाई ३–२ को रोमाञ्चक जित दिलाए । 

जितपछि क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले भने, “उत्कृष्ट खेलको पुरस्कार पायौं ।”

Global Ime bank

जितपछि प्रतियोगिताको लिग ‘ए’ समुह ४ मा रहेको क्रोएसियाले दोस्रो चरण पुग्ने सम्भावना कायम राखेको छ । तीन खेलबाट क्रोएसियाको ४ अंक छ भने समान खेलबाट इङ्ल्यान्डको पनि ४ अंक छ । एक खेल बढी खेलेको स्पेनसँग ६ अंक छ ।

“विश्वकै बलिया टोली सम्मिलित यो धेरै कठिन समूह हो । हाम्रो सम्भावना अझै कायम छ,” स्पेनका प्रशिक्षक लुइस इनरिकेले भने, “हामीले सुधार गर्नु पर्ने धेरै कुरा छन् । आजको खेलबाट खुशी पनि छु । तर नतिजा हाम्रो पक्षमा रहेन । आज फुटबल निस्पक्ष हुन सकेन ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  ०९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC