site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रुनीको सुखद बिदाइ, भन्छन्– मेरो कीर्तिमान केनले तोड्न सक्छन्
Sarbottam CementSarbottam Cement

एजेन्सी । देशका लागि सबैभन्दा धेरै गोल वायर्न रुनीले आफ्नो कीर्तिमान इङ्ल्यान्डका कप्तान ह्यारी केनले तोड्न सक्ने बताएका छन् ।

१ सय २० औं अन्तर्राष्ट्रिय खेलका लागि रुनी राष्ट्रिय टोलीमा फर्किएको खेलमा इङ्ल्यान्डले मंगलबार वेम्बली रंगशालामा अमेरिकामाथि ३–० को विजय हासिल गर्यो । मेजर सकर लिगको क्लब डिसी युनाइटेडबाट खेल्ने ३३ वर्षे रुनीले इङ्ल्यान्डबाट ५३ गोल गरिसकेका छन् । जुन रुनीभन्दा ८ वर्ष कान्छा केनको भन्दा ३४ गोल धेरै हो ।

\"\"

Prabhu Bank
Agni Group
NIC Asia

म्यानचेस्टर युनाइटेड र एभर्टनका पूर्व फरवार्ड रुनीले १७ वर्षको उमेरमा अस्ट्रेलियाविरुद्ध २००३ मा इङ्ल्यान्डबाट डेब्यू गरेका थिए । उनले २०१७ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । उनको कीर्तिमानी अन्तर्राष्ट्रिय करियरको सम्मानको लागि इङ्ल्यान्ड फुटबल संघले बिहीबार रुनीलाई अवसर दिएको थियो । केन र फुटबल संघका प्रमुख ग्रेग क्लार्कले रुनीलाई सम्मान गरेका थिए ।

\"\"

Global Ime bank

“मलाई केनको हातबाट अवार्ड लिन मन छ । किनकी मलाई विश्वास छ मेरो कीर्तिमान उनले तोड्न सक्छन्,” रुनीले भने, “समर्थकको अगाडी पून एक पटक आउन पाउँदा खुशी लागेको छ । म र मेरो परिवारको लागि विशेष क्षण हो ।”

५८औं मिनेटमा  जेसे लिङ्गार्डको स्थानमा मैदान प्रवेश गरेका रुनीले गोलका केही अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । रुनीलाई टोलीमा मौका दिदाँ कीर्तिमानी खेल खेलेका अन्य केही खेलाडीहरुले आलोचना गरेका थिए । पिटर शिल्टोनले उपहारका रुपमा दिन नहुने बताउँदै आएका थिए ।

\"\"

लिङ्गार्डले गरेको गोलमा इङ्ल्यान्डले २५औं मिनेटमा अग्रता लिएको थियो । त्यसको दुई मिनेट वित्न नपाउँदै ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले अग्रता दोब्बर बानाए । ७७औं मिनेटमा इङ्ल्यान्डबाट डेब्यू गरेका कालुम विल्सनले अर्को गोल थपेका थिए । 

\"\"

“रुनीसँग खेल्ने मेरो सपना पूरा भएको छ । उनी रोल मोडल हुन् । डे«सिङ रुममा म नर्भस भएको थिए । उनी नजिक मलाई आत्मविश्वास हुनु, गुमाउनु पर्ने केही छैन भनेर हौसला बढाए,” बोरुसियाका डर्टमन्डका १९ वर्षे विंगर जाडोन सान्चोले भने, “रुनीलाई धन्यवाद भन्न चाहन्छु । उनले सुझाव नदिएको भए म खेल भरी नर्भन नै रहन्थे ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  ०९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC