site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दीपिका–रणबीर विवाहको तस्विर हेर्न २४ घण्टे प्रतिक्षा
Sarbottam CementSarbottam Cement

एजेन्सी । बलिउडका चर्चित अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले इटलीमा बुधवार भएको विवाहको तस्बिर हेर्न बिहीबार ठूलो संख्याका भारतीयहरु व्यग्र प्रतिक्षामा थिए । भारतका प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले समेत ट्वीट गरेर दुई कलाकारका तस्बिरहरु हेर्न उनीहरुका फ्यान प्रतिक्षारत रहेको बताएका थिए ।  

उनीहरुको विवाहको तस्बिर हेर्न झण्डै २४ घण्टा उनीहरुले प्रतिक्षा गरेका थिए । सामाजिक सञ्जालहरुको टिप्पणी हेर्दा यस्तै देखिन्थ्यो । त्यही प्रतिक्षाकै बीच रणबीरले आफ्नो ट्विटर एकाउन्टमा दुई वटा फोटो राखेका थिए भने दीपिकाले इन्स्ट्रागाममा फोटो हालेकी थिइन् । रणबीरले सार्वजनिक गरेको पहिलो फोटोमा रणबीरले रातो रंगको शेरवानी लगाएका छन् भने दीपिकाले पनि रातो रंगको लेंहेंगा लगाएकी छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

दोस्रो फोटोमा दुवैजना हाँसिरहेका देखिन्छन् । इटलीको कोमो नामक तालमा रहेको रिसोर्टमा ‘कोनकणी रीतिरिवाज’ अनुसार उनीहरू बुधबार विवाहबन्धनमा बाँधिएका हुन् ।

दुवै परिवारका नजिकका आफन्त र केही विशेष साथीहरू मात्र उक्त वैवाहिक कार्यक्रममा उपस्थित रहेका थिए । रणवीर र दीपिकाले ‘रामलीला’, ‘फाइन्डिङ फेनी’, ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’ लगायतका चलचित्रहरूमा सँगसँगै काम गरेका छन् । सीमित पाहुनालाई विवाहको निम्तो दिइसक्दा पनि पनि रणवीर र दीपिकाले आफ्नो विवाहबारे आधिकारिक जानकारी दिएका थिएनन् । तर अक्टोवर १९ मा दीपिकाले सामाजिक सञ्जालमार्फत् विवाहबारे जानकारी दिएकी थइन् ।

Global Ime bank

उनीहरुको विवाह भएको  रिसोर्ट आकर्षक बगैँचाका लागि निकै प्रसिद्ध मानिन्छ । त्यहाँ रहेका फूल र रूखका हरियो, सेतो र रातो रङ्गले इटलीको झन्डाको सङकेत गर्ने बताइएको छ । यो रिसोर्ट विशेषतगरी धनाढ्यहरूको विवाह र चलचित्र छायाङ्कनका लागि प्रसिद्ध छ ।

विवाहपछि यही नोभेम्बर २१ मा दीपिकाको गृहनगर बेंगलुरूमा उनका बाबुआमाले एउटा प्रीतिभोजको आयोजना गर्दैछन् । त्यसपछि मुम्बईमा रणवीरका बाबुआमाले अर्को भोजको आयोजना गर्ने भएका छन् । विवाहको समाचार आएपछि नयाँ दम्पतीलाई बधाई दिनेको सामाजिक सञ्जालमा ओइरो नै लागेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  ०८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC