site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
खसोग्जी हत्यामा संलग्न १७ जना अमेरिकाको नाकाबन्दी सूचीमा
Sarbottam CementSarbottam Cement

वाशिङटन । अमेरिकाले साउदी पत्रकार जमाल खसोग्जीको हत्यामा संलग्न १७ जना साउदी अधिकारीहरुलाई निगरानीमा राखेको छ । उनीहरुलाई आर्थिक रुपमा पनि नाकाबन्दी गरिएको ब्लुमबर्गको अनलाइन संस्करणले अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै जनाएको छ । 

इस्तानबुलस्थित साउदी कन्सुलेटमा गएको अक्ुटोबर २मा पत्रकार खसोग्जीको हत्यामा संलग्न ५ जनालाई मृत्युदण्ड दिनुपर्ने साउदी अरेबियाका अभियोजक शालान बिन राजी शालानकले जनाएको  केही घण्टामा नै अमेरिकाले उक्त कदम चालेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

‘‘हामीले नाकाबन्दी गरेका साउदी अधिकारीहरु पत्रकार खसोग्जीको हत्यामा संलग्नहरु हुन्,’’ अमेरिकी अधिकारीले भनेका छन्,‘‘खसोग्जीको हत्यामा संलग्नहरुको बारेमा सबै कुरा बुझेर अमेरिका उनका परिवारका सदस्यलाई न्याय दिन प्रतिबद्ध छ ।’’

उक्त प्रकरणमा साउदी अरेबियाबाट इस्तानबुल पुगेका साउदी अधिकारीहरुलाई अमेरिकाले ग्लोबल म्याग्नीटस्की एक्ट २०१६ अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाएको जनाइएको छ । जसमा अन्तर्राष्ट्रिय स्थिरतामा अवरोध गर्ने विदेशीलाई कारवाही गर्न सक्ने व्यवस्था रहेको छ । अमेरिकाले नाकाबन्दीको सूचीमा पारेका साउदी अरेबियाका अधिकारीमा साउद अल कुहतानी समेत छन् जो साउदी राजकुमार मोहम्मद बिन सलमानका बरिष्ठ सल्लाहकार रहिसकेका व्यक्ति हुन् । उक्त हत्याकाण्डपछि उनलाई साउदी राजाले हटाएका थिए । नाकाबन्दीपछि उनीहरुले अब अमेरिकी आर्थिक प्रणालीमा पहुँच पाउने छैनन् र उनीहरुको सम्पति समेत फ्रिज हुनेछ ।

Global Ime bank

साउदी अरेबियाका अभियोजकले खसोग्जीको हत्या एक बरिष्ठ खुफिया अधिकारीको आदेशमा भएको र युवराज मोहम्मद बिन सलमानको कुनै हात नरहेको जनाएका छन् । ती खुफिया अधिकारीले खसोग्जीलाई साउदीअरेबिया ल्याउन आदेश दिएका थिए । 

अक्टोबर २का दिन इस्तानबुलस्थित कन्सुलेट कार्यालयमा हातपात भएको समयमा खसोग्जीलाई ज्यान लिनेखालको इन्जेक्सन लगाइएको उनले जनाएका छन् । अभियोजकले ११ जनाको विरुद्ध हत्याको मामिलामा मुद्धा दर्ता गरिएको र ५ जनालाई मृत्युदण्डको सजाय मागिएको बताएका छन् । 

हत्यामा संलग्नको आशंकामा अन्य १० जनाको पनि जाँचबुझ भइरहेको जनाइएको छ । हत्याको आदेश दिने व्यक्तिका बारेमा भने सरकारी प्रवक्ताले पत्रकार सम्मेलनमा जानकारी गराएनन् । अभियोजकका अनुसार खसोग्जीको हत्यापछि शरीरका भाग अलग अलग गरेर बाहिर ल्याइएको थियो । यो मामिलामा अहिले सम्म २१ जनालाई हिरासतमा लिइएको छ । साउदी राजकुमारका आलोचकहरुले भने यो घटना उनलाई थाहा नै नभएको भन्ने भनाइलाई विश्वास गर्न सकिरहेका छैनन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  ०७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC