site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला पन्तका बुवाआमा बिरामी, सरकारद्वारा बेवास्ता
Sarbottam CementSarbottam Cement

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तलाई न्यायको माग गर्दै गएको आइतबारदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि धर्नामा बसेका बाबु र आमा बिरामी परेका छन् ।  परिवारका अन्य सदस्यले बाह्रखरीलाई जानकारी गराएअनुसार चिसोका कारण दुवै जनाको स्वास्थ्य अवस्था बिग्रिएको छ भने बाबु निकै नै अस्वस्थ भएका छन् । उनीहरु धर्नामा बसेको  शुक्रबार छैठौं दिन हो । 

चिसोका कारण निर्मलाका बाबु यज्ञराजलाई रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको छ  । आमा दुर्गादेवीको पनि स्वास्थ्य अवस्था कमजोर भएको परिवारका सदस्यहरुले बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

पीडित परिवारलाई चिसोको समश्या देखिएपछि बिहीबार स्वास्थ्यकर्मीको टोली धर्नास्थलमा पुगेर स्वास्थ्य परीक्षण गरेको थियो । आमा दुर्गादेवीले बाह्रखरीसँगको कुराकानीमा छोरीको न्यायको लागि आफूहरु धर्नामा बस्दा पनि राज्यले सुनुवाई नगरेको गुनासो गरिन् ।
धर्नाको पाँचौं दिन सम्मपनि सरकारका कुनैपनि व्यक्ति आएर आफूहरुको माग बारेमा नसोधेको जनाइन् । निर्मलाका पिता यज्ञराजको रक्तचाप  घटेर ६७ पुगेको चिकित्सकको भनाई छ । 

कमजोरी र समयमै खाना नखाएका कारण निर्मलाका बाबुको स्वास्थ्य अवस्था एकदमै बिग्रिएको महाकाली अञ्चल अस्पतालका डा. किशोर बोहराले सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् ।

Global Ime bank

“समयमै खानपिन नहुँदा र अनिंदोका कारण बाबुको अवस्था निकै कमजोर छ,” डा. बोहराले भने “उहाँमा ज्वरो पनि देखिएको छ । हामीले रगत र पिसाब जाँचका लागि प्रयोगशालामा पठाएका छौ ।” निर्मलाका बाबुले आफूहरुले न्याय माग्दा पनि सरकारले उपेक्षा गरेको आरोप लगाए ।

“हामीले अरु केहि मागेका होइनौं,” यज्ञराजले भने “न्याय माग्दा त यो अवस्था छ । मौन बसे कसरी न्याय मिल्छ होला ?,”उनले बाह्रखरीसँग भने । 

निर्मलाको स्वास्थ्य अवस्था बिग्रेपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र जिल्ला प्रहरी प्रमुख कुबेर कडायतले विहीबार धर्ना स्थलमा पुगेर पीडित परिवारको स्वास्थ्य अवस्था बुझेका थिए ।

यसैबीच, प्रहरीले निर्मलाको हत्याको  घटनामा शंकाको घेरामा रहेका चार जना व्यक्तिको डीएनए रिपोर्ट आज शुक्रबार सार्वजनिक गर्ने जनाइएको  छ । विधि विज्ञान प्रयोगशालाबाट सो रिपोर्ट बिहीबार साँझ कञ्चनपुर पुगेकाले आज शुक्रबार सार्वजनिक गरिने प्रहरीले जनाएको छ । 
तस्बिर : रासस
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  ०७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC