खेल
एजेन्सी । डिमुथ करुणारत्ने, धनन्जय डी सिल्भा, रोशेन सिल्भाले अर्धशतक बनाएपछि श्रीलंकाले इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्टअन्तर्गत पहिलो इनिङमा ४६ रनको अग्रता लिएको छ । दोस्रो दिन सकिँदा श्रीलंकाले ३ सय ३६ रन जोड्दा सबै विकेट गुमाएको छ । करुणारत्नेले ६३, डी सिल्भाले ५९, रोशेन सिल्भाले ८५ रन बनाए । त्यसबाहेक घरेलु टोलीका एन्जेलो म्याथ्युजले २०, निरोशन दिकवेलाले २५, अकिला धनन्जयले ३१ रन बनाए ।
इङ्ल्यान्डका ज्याक लेच र एडिल रसिदले ३÷३ विकेट लिए भने मोइन अलीले २ तथा जो रुटले १ विकेट लिए । पहिलो दिन इङ्ल्यान्डले २ सय ९० रन बनाउँदा सबै विकेट गुमाएको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५ ०६:५७
प्रतिक्रिया दिनुहोस्