site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मंसिर १ गते बस्ने कांग्रेसको केन्द्रीय समिति बैठकले नेविसंघबारे निर्णय गर्ने   
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसले मंसिर १ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । समसामयिक विषयमा छलफल गर्न मंसिर १ गते दिउँसो २ वजेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 

उनले विज्ञप्ती जारी गरेर बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरुलाई उपस्थितिका लागि आग्रहपनि गरेका छन् । मुख्य सचिव पौडेलले बैठकमा भ्रातृ संगठन नेविसंघको विधान र अधिवशेनका विषयमा छलफल हुने कार्यतालिका रहेको बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

मंसिर २ गतेबाट नैनसिँह महर नेतृत्वको नेविसंघको दुई वर्षे कार्यकालमा थपिएको म्याद सकिदैछ । गत भदौ २ गते कार्यकाल सकिनै लाग्दा कांग्रेसले अधिवेशन सम्पन्न गर्ने कार्यभार दिँदै नेविसंघको म्याद तीन महिनाका लागि थप गरेको थियो । 

बैठकमा उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित समितिले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँगको एकीकरणका बेला भएको सहमति अनुसार नेता–कार्यकर्ता तथा भ्रातृ संगठनहरुको व्यवस्थापनका सन्दर्भमा गरेको तयारी बारे छलफल हुने–नहुने भन्ने बारेमा निश्चित छैन् । 

Global Ime bank

यसअघि कात्तिक २० गते बसेको बैठकले आगामी बैठकमा सुझाव पेस गर्ने गरी उपसभापति निधिको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०७५  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC