साहित्य
काठमाडौं । निखिल उप्रेती स्टारर चलचित्र ‘भिलेन’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘च्यानाकुटी झ्याई झ्याई...’ बोलको गीतमा अन्जु पन्त र रामचन्द्र काफ्लेको स्वर छ । एकनारायण भण्डारीको शब्द रहेको गीतमा संगीत लालकुमार बरालले भरेका हुन् ।
गीतको भिडियोमा शिल्पा पोखरेल, निशा अधिकारी, कपिल खत्री फिचर्ड छन् । भिडियोको अन्त्यमा अभिनेता निखिल उप्रेतीको एक्सन समावेश छ ।
पुस २७ गते रिलिज हुने चलचित्रलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०७५ १८:०३
प्रतिक्रिया दिनुहोस्