site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चीन वा रुसविरुद्ध लड्नु परे अमेरिकी सेनाले हार बेहोर्नुपर्ने !
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

एजेन्सी । कुनैसमय अविश्वसनीय शक्ति मानिएको अमेरिकी सेनाले अहिले भने अपर्याप्त श्रोत लगायत विभिन्न प्राविधिक कारणले चीन वा रुसविरुद्ध लड्न संघर्ष गर्नुपर्ने वा हार समेत बेहोर्नुपर्ने स्थिति आइसकेको एक रिपोर्टले जनाएको छ । आफ्ना क्षेत्रहरुमा रुस र चीनको प्रभाव लगातार बलियो हुँदै जाँदा उनीहरुका सेना विश्वव्यापी रुपमै हावी हुन थालेकाले पनि अमेरिका ठूलो संकटमा पर्न सक्ने बताइएको हो । यस्तोमा बुधबार सार्वजनिक सो रिपोर्टबारे विज्ञहरुले अमेरिकी प्रशासनलाई गम्भीर चेतावनी दिएको सीएनएनले जनाएको छ । 

वास्तवमा यसका लागि ट्रम्प प्रशासनको कमजोर सुरक्षा नीतिलाई जिम्मेवार ठहर्याइएको बताइएको छ । किनकी यसअघि २०१९ का लागि ७ खर्ब १६ अर्बको सैन्य बजेट तय गरिएपनि अहिले भने ट्रम्प प्रशासनले त्यसमा कटौति गरि केबल ७ अर्बमा सिमित गर्ने तयारी गरिरहेको खुलासा भएको छ । यस्तोमा विश्लेषकहरुले राष्ट्रिय सुरक्षा विभागलाई बारम्बार चेतावनी दिइरहेका छन् । यसमा विभागको नीति अनुमानित तथ्य र कमजोर मूल्याङ्कनमा आधारित हुने गरेकाले नै भविष्यमा कुनैपनि समय उत्पन्न हुन सक्ने खतरनाक वातावरणमा दुश्मनहरुसँग प्रतिस्पर्धा गर्न अमेरिकालाई कठिन हुने बताइएको छ । त्यसैले अमेरिकी सेनाले ससाना चुनौतिहरुको सामना गर्दा समेत निकै संघर्ष गर्नुपर्नेमा चिन्ता व्यक्त गरिएको बताइएको हो । 

विगतमा पनि विश्लेषकहरुले राष्ट्रिय सुरक्षा विभागको लगानी र व्यवस्थापन सम्बन्धि नीतिप्रति शंका व्यक्त गरेका थिए भने रिपोर्टले पनि यही कुरालाई पुनः दोहोर्याएको बताइएको छ । यस्तोमा अमेरिकासँग रहेका हालका सैन्य हतियार तथा साधनहरु पर्याप्त नभएको स्पष्ट भएको छ भने अर्कोतर्फ प्रतिस्पर्धी राष्ट्रहरु चाहिँ लगातार क्षमता वृद्धि गर्नमा जोड दिइरहेको गुनासो गरिएको हो । यसबारेमा सुरक्षा विभागले भने आगामी छलफलमा सो रिपोर्टलाई पनि ध्यानमा राखिने बताएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC