site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘कम्युनिष्टले लोकतन्त्रको छातीमा टेकेर टाउकोमा प्रहार गर्ने नीति लिए’
Sarbottam CementSarbottam Cement

पर्सा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टले लोकतन्त्रको छातीमा टेकेर टाउकोमा प्रहार गर्ने नीति अवलम्बन गरेको आरोप लगाएका छन् । 

कांग्रेस पर्साले आयोजना गरेको स्व. हरिहरप्रसाद कलवारको शोकसभामा वरिष्ठ नेता पौडेलले सवैलाई बराबर अवसर र अधिकार दिनुनै लोकतन्त्रको मुलभुत सिद्धान्त भएको बताए । उनले भने, ‘‘नेपाली कांग्रेस एउटा वर्गका लागि लडेको पार्टी होइन । कांग्रेस सवै वर्ग, क्षेत्र, लिंग तथा सवै नेपालीको बराबर अधिकारका लागि लडेको पार्टी हो ।’’ 

Prabhu Bank
Agni Group
NIC Asia

पौडेलले कम्युनिष्टहरुले चुनाव अघि कहिल्यै पुरा गर्न नसकिने सपना बाडेर चुनाव जितपछि केही गर्न नसक्दा युवा र आमजनतामा निराशा छाएको बताए । उनले भने, ‘‘कम्युनिष्टहरुले सपना बाँडेर चुनाव जितेका थिए । तर आज युवा र आमजनतामा निराशा छाएको छ । न कम्युनिष्टले केही गर्न सके न मधेशी दलहरुले गर्न सके । मधेशी दलहरुले केपी ओली प्रवृत्तिको विरोध गरेका थिए । तर अहिले सत्ताका लागि ‘तुम शरणम्’ भएका छन् ।’’ 

कांग्रेसले चुनाव हार्यो तर कम्युनिष्टहरुले चुनाव जितेपछि आमजनताले अहिलेसम्म के पाए प्रश्न गर्दै पौडेलले भने, ‘‘हामीले सुरु गरेका पूर्वाधारभन्दा अरु पूर्वाधार विकासको तयारी केही पनि छैन । अहिले विभिन्न काण्डहरु सुन्न परेको छ । हत्या, हिंसा, बलत्कार दिनानुदिन बढेका छन् । आफ्नै पार्टीका मन्त्रीहरु विभिन्न काण्ड लगाएर निकालिएका छन् । यस्तो त पञ्चायतमा मात्र भएको थियो ।’’  

Global Ime bank

उनले मधेशमा कृषि क्रान्तिमार्फत किसानलाई सुकिला मुकिला बनाउन जरुरी रहेको बताउँदै मधेशलाई समृद्ध बनाउनका लागि सिंचाइको व्यवस्था गर्न जरुरी रहेको तथा बस्ती सुधारको योजना बनाएर काम गर्न जरुरी रहेको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०७५  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC