site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अन्तुमा पर्यटक आकर्षण बढ्यो
Ghorahi CementGhorahi Cement

मङ्गलबारे । सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि नेपालकै प्रख्यात मानिएको पूर्वी इलामको अन्तुमा पर्यटक आगमनमा वृद्धि भएको छ । मौसममा सुधार आएसँगै अन्तुमा आन्तरिक र बाह्य पर्यटक आउने क्रम बढेको हो । 

सूर्योदय, सूर्यास्त, हिमशृङ्खला तथा नेपाल र भारतका थुप्रै ठाउँ नियाल्न सकिने अन्तु क्षेत्र प्राचीन शासक लेप्चा जातिको लोपोन्मुख संस्कृति, कृषिबाट सुधारिएको जीवनशैली, व्यावासयिक फूलखेती, थुम्काथुम्कामा मौलाएको हरियाली चियाबारीलगायतले प्रख्यात छ । अन्तु पोखरीको सुधार गर्दै स्थानीयवासीले पोखरीमा डुङ्गा चलाएपछि पर्यटक थप आकर्षित भएका छन् । डुङ्गा सञ्चालनबाट पर्याप्त आम्दानी भइरहेको स्थानीयवासी खगराज घिमिरेले बताए । 

Agni Group

यस क्षेत्रको हरेक डाँडाबाट कञ्चनजङ्घा हिमाल, सीमापारिका दार्जिलिङ, खरसाङ, मिरिकलगायत ठाउँ नियाल्न सकिने भएकाले अन्तुले पर्यटकलाई लोभ्याएको छ । जातीय झाँकी, पुरातात्विक वस्तुको सङ्ग्रहालय, पुष्प र कृषि प्रदर्शनीले पनि पर्यटकलाई आनन्दित तुल्याएको छ । अन्तु पर्यटन विकास केन्द्रले पर्यटकलाई बस्न र घुम्नका लागि उचित प्रबन्ध मिलाएको छ । गोर्खाको सिरुबारी र लमजुङको घलेगाउ“पछि अन्तुलाई नेपाल पर्यटन बोर्डले ग्रामीण पर्यटनको सूचीमा राखेपछि पर्यटक आउने क्रम बढेको पर्यटन विकास केन्द्र अन्तुका अध्यक्ष धनकुमार आलेले बताए ।  

विसं २०६० देखि यहाँ निरन्तर महोत्सवको माध्यमबाट पयर्टक आकर्षण बढाउने काम भइरहेको छ । अन्तुमा पयर्टन बोर्ड, जिल्ला समन्वय समिति, सूर्योदय नगरपालिकालगायत सरोकारवालाको सहयोगमा पोखरी मर्मत, विश्रामस्थल निर्माण र भ्यू टावर निर्माण, प्रचारप्रसारका काम हुँदै आएका छन् । 

Global Ime bank

भ्यूटावर निर्माण पछि यहाँबाट सूर्योदय हेर्न दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउने गरेका छन् । भ्यू टावरका कारण पर्यटकको आगमनमा वृद्धि भएको मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले बताए । 

अन्तु पोखरीमा डुङ्गा सञ्चालन, खेलकूद, सांस्कृतिक र साहित्यिक कार्यक्रम नियमित सञ्चालन गरिँदै आएको छ । अन्तु र समालबुङका घरवासको समेत व्यवस्था गरिएको अध्यक्ष आलेले बताए ।  मेची राजमार्गको फिक्कलबाट १३ किलोमिटर पूर्वको रमणीय स्थान अन्तुमा पुग्न सडक निर्माण गरिएको छ । फिक्कलको छिपिटारबाट अन्तु पुग्न सकिन्छ । पशुपतिनगर बजारहुँदै भारतीय सडक प्रयोग गर्दै छब्बिसेबाट गुफापातलको अवलोकनपछि पनि अन्तु पुग्न सकिन्छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०७५  २२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC