site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भारतीय प्रम मोदीले ईपीजीको प्रतिवेदन छिट्टै बुझ्नुहुन्छ : सल्लाहकार भट्टराई 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको संयुक्त प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै बुझ्ने स्पष्ट पारेका छन् । उनले भने, “यसबारेमा हामी दुवै तर्फका सदस्यहरुबीच कुराकानी भैरहेको छ । हाम्रो तर्फका संयोजकले भारतीय संयोजकसँग कुराकानी गरिरहनुभएको छ । अब मोदीले छिट्टै प्रतिवेदन बुझ्नुहुन्छ । तर अहिले मिति तोक्दैनौं ।”

साक्षात्कारमा डा. भट्टराईले ईपीजीले नेपाल–भारत द्धिपक्षीय सम्बन्धका सन्धि, सम्झौतादेखि लिएर सबै पक्षको बारेमा पूनरावलोकन गरेको दाबी गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले थपे, “ईपीजीको यो दुई वर्षे कार्यकालमा ९ पटकसम्म बैठक बसेर हामीले विभिन्न आयामबारे छलफल गर्यौं । र, हामी दुवै तर्फका बसेर एकल प्रतिवेदन बनायौं । यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई पेश गर्ने निर्णय गरेका छौं । पहिले भारतीय प्रधानमन्त्री मोदीलाई बुझाउने भनेका छौं । ईपीजीको सुरु र अन्तिम बैठक नेपालमै बस्यो । यो संयोग नै हो । अब यो रिपोर्ट पहिला मोदीलाई बुझाउने भनेका छौं । दुवै देशका प्रधानमन्त्रीलाई बुझाएर नेपालमा संयुक्त पत्रकार सम्मेलन गर्ने भनेका छौं । हामी अहिले पर्खिएर बसेका छौं । उहाँले बुझ्नुहुन्न जस्तो मलाई लाग्दैन् । मोदीले छिट्टै प्रतिवेदन बुझ्नुहुन्छ ।” 

सल्लाहकार भट्टराईले ईपीजीको रिपोर्ट अत्यन्तै राम्रो बनेको र दुवै देशको हितमा रहेको पनि जिकिर गरे । उनले भने, “रिपोर्ट कसरी अघि बढाउने भन्नेबारे अहिले दुवै तर्फका संयोजकबीच कुराकानी तथा सम्वाद भैरहेको छ ।”

Global Ime bank

वर्तमान सरकार गठनका बेला मुलुक संक्रमणकालिन अवस्थामा रहेको सुनाउँदै भट्टराईले भने, “राजनीतिक अस्थिरतापनि हामीले सँगै भोग्नुपर्यो । संविधान बन्ने हो कि होईन भन्ने अनिश्चितताका बीचमा यो सबै कुराले नेपालको अन्तर्राष्ट्रिय छवि, अन्तर्राष्ट्रिय रुपमा नेपालको बारेमा मान्छेहरुको धारणा क्रमिक रुपमा यो मुलुक कतै सँधैभरि अप्ठ्यारो झेलिरहने मुलुक, र अन्तत्वगत्व यो असफल राष्ट्रतर्फ पो उन्मुख हुने हो कि भन्ने आशंकाहरु हुने गरेका थिए । तर, हामीले संविधान जारी गरिसकेपछि र त्यो संविधानअन्तर्गत रहेर तीनै तहका सरकार बनाएपछि र बहुमतको सरकार बनाईसकेपछि उहाँहरुको चासो अहिले द्वन्द्वबाट शान्ति प्रक्रियामा, त्यसपछि सहमतिमा संविधान जारी गरेको र एकात्मक शासन प्रणालीबाट संघात्मकमा जान कसरी सम्भव भयो भनेर रहेको छ। नेपालमा भएका कुटनीतिक नियोगका प्रमुखहरु र हामीसँग भएको कुराकानीमा यो विषयमा उहाँहरुको चासो रहेको पाईन्छ ।”

त्यस्तै चीनसँगपनि नेपालको सम्बन्ध उतिकै प्रगाढ रहेको उनले बताए । भट्टराईले भने, “चीनसँग हामी हजारौं वर्षदेखि एउटै हिमालको दुई तिर बग्ने पानी पिएर हुर्केका छौं । चीनसँग अब यातायातको सञ्जाल जोडिन सक्ने स्थिति भएको छ । रेलको सञ्जालपनि जोडिन सक्ने अवस्था छ । अब दक्षिणतर्फ मात्रै होईन, उत्तरसँगपनि क्रस बोर्डर टा«न्समिशन लाईन (गल्छी–केरुङ) को लागि छलफल सुरु गरेका छौं । यो भोलि किमाथांका र उत्तरतर्फको भु–भागमा बन्न सक्ने कुरा छ। हामी उत्तरतिर पनि कनेक्टिभीटीको सञ्जाल बढाउन खोज्दैछौं ।”
प्रधानमन्त्री केपी शर्मा ओली आगामी सन् २०१९ को जनवरी–फेब्रुअरीतिर महत्वपूर्ण भ्रमणमा जाने आफूले सूचना पाएको पनि भट्टराईले जानकारी दिए । उनले भने, “उहाँ महत्वपूर्ण अन्तर्राष्ट्रिय फोरममा सहभागी हुन विदेश भ्रमणमा जानुहुन्छ । त्यस्तै द्धिपक्षीय भ्रमणमा पनि जाने सूचना छ ।”


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०७५  १५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC