site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
४० अर्ब बराबरका ४० करोड थान १ सयका नोट छाप्दै राष्ट्र बैंक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ अंकित दरका ४० करोड थान नोट छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । केन्द्रीय बैंकले बिहीबार आह्वान गरेको बोलपत्रअनुसार ४० करोड थान सय दरका नोटको मूल्य ४० अर्ब रुपैयाँबराबर हुन्छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र प्रक्रियाअन्तर्गत योग्य कम्पनीले नोट डिजाइन, प्रकाशन र आपूर्ति गर्नुपर्ने छ । 

राष्ट्र बैंकका अनुसार इच्छुक कम्पनीले आगामी पुस १५ भित्र बोलपत्र खरिद गरिसक्नुपर्ने छ । यसका लागि २० हजार रुपैयाँ लाग्ने छ भने यो रकम फिर्ता हुँदैन । पुस १५ भित्र बोलपत्र पेस गरिसक्नुपर्ने र त्यसपछि प्राप्त बोलपत्र स्वीकृति हुने छैन ।

बोलपत्र पेस गर्ने कम्पनीका प्रतिनिधिको उपस्थितिमा थापाथलीस्थित राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा बोलपत्र खोलिने छ । बोलपत्र खोलिएको १ सय २० दिनसम्म म्याद रहने र यसका लागि ३ करोड १० लाख रुपैयाँ वा सो सरहको विनिमय दरअनुुसारको रकम जम्मा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । यसको म्याद २०७६ जेठ १४ सम्म रहने छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०७५  १४:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC