काठमाडौं । गायक बाबु बोगटीले नेपालीभाषी भुटानी शरणार्थीको कथा समेटिएको गीत गाएका छन् । नेपाली भाषा कला संकृति र साहित्यलाई अंगालेर भूटानमा जन्मिएर राजनैतिक अस्थिरता र परिस्थितीका कारण दुई दशकभन्दा बढी नेपालमा शरणार्थी जीवन बिताएका र अहिले यूरोप तथा अमेरिका पुगेका भुटानी शरणार्थी गीत गाएका हुन् ।
गितमा स्परसँगै शब्द र संगीत पनि बोगटीकै छ भने मोहित मुनालले एरेन्ज गरेका छन् । राजेश शाहले लिरिकल भिडियो तयार पारेका छन् ।
“बाल्यकाल देखिनै भुटानी समुदायसँग म नजिक थिएँ । म पढ्ने स्कुलमा धेरै शिक्षक भुटानी थिए । त्यसैले भुटान रँहदा देखि अमेरिका यूरोप यात्रा सम्मको जीवन संघर्ष केही बुझेकोले यो गित तयार पारेँ,” गायक बोगटीले भने, “गितमा पुर्खाको निशानी कहिलै नभुल्ने र नेपाल रहँदाको भोगाई जहाँ भए पनि आफ्नो कला संस्कृति र भाषा नभुल्ने कुरा उल्लेख गरेको छु ।”