site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आर्मीको इतिहास रच्ने लक्ष्य, अरूलाई विरासतको चिन्ता
Sarbottam CementSarbottam Cement

काठमाडौं । एकमहिना भन्दा बढीको विश्रामपछि सहिद स्मारक ‘ए’ डिभिजन लिग शनिबारबाट शुरु हुँदैछ । सबै टोलीले एक खेल खेलिसकेको अवस्थामा त्रिभुवन आर्मी क्लब इतिहास रच्ने लक्ष्यमा छ भने अन्य क्लब विरासत जोगाउने योजना बनाउँदैछन् ।

साविक विजेता मनाङ मर्स्याङ्दी, संकटा, थ्री स्टार र नेपाल पुलिस क्लबले विजयी शुरुआत गरे भने सशत्र प्रहरी बल (एपीएफ), त्रिभुवन आर्मी क्लब, च्यासल युथ, मच्छिन्द्र, न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पाले अंक बाडे । लामो समयपछि सुरु भएको सहिद स्मारक लिगको पहिलो खेलमा परम्परागत रुपमा बलियो भनिएका टोलीहरुलाई जित्नका लागि संघर्ष गर्नुपर्‍यो । उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी क्लबले इन्जुरी समयमा बराबरी गर्दै एनआटीसँग अंक खोस्न सफल भयो । तथापी त्रिभुवन आर्मीका प्रशिक्षक नविन न्यौपाने क्लबलाई लिग उपाधि जिताउने लक्ष्यमा छन् । 

“पहिलो खेल सबैका लागि कठिन हुन्छ । हाम्रो लागि पनि त्यस्तै भयो । टोलीले आफ्नो क्षमताको २५ प्रतिशतमात्र खेल्न सक्यो । तथापी खेलाडीहरुले अन्तिमसम्म डटेर खेले । जसका कारण अंक लिन सफल भयौं । आगामी दिनमा गल्ती सच्याएर आगाडि बढ्नेछौं,” त्रिभुवन आर्मी क्लबका प्रशिक्षक न्यौपानले भने, “भर्खर एक खेल सकिएको छ । थ्री स्टार, मनाङ, पुलिस बलिया टोली हुन् । तर यसपालि सबै टोली उत्तिकै राम्रा देखिएका छन् । च्यासल, संकटा, एनआरटीहरुले पनि राम्रो खेले । अहिल्यै केही भन्न सकिने अवस्था छैन । ६–७ वटा खेल सकिएपछि उपाधिबारे भन्न सकिन्छ । त्यसका बाबजुद हामी उपाधि दाबेदार हौं । राम्रा खेलाडी छन्, चुनौती पनि उत्तिकै छन् । हामी उपाधि जित्दै इतिहास रच्न चाहन्छौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

लिग रोकिए पनि विभागीय टोली आर्मीले नियमित प्रशिक्षणलाई निरन्तरता दिएको छ । दशैँ र तिहारको विदाबाहेक टोली नियमित प्रशिक्षणमा रहेको न्यौपानले बताए । शनिबार आर्मीले च्यासल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । सोही दिन मनाङले एनआरटीविरुद्ध खेल्नेछ । मनाङले पहिलो खेलमा ब्रिगेडब्वाइजसँग एक शून्यले पछि परेको स्थिति उल्टाउँदै ३–१ को नतिजा निकालेको थियो । मनाङ अहिले शीर्ष स्थानमा छ । राष्ट्रिय टोलीका खेलाडीको बर्चस्व रहेको मनाङका लागि यो एक महिने विश्राम सबैभन्दा फलदायी बन्यो । सिक्किम गभर्नर्स गोल्डकप खेल्न भारत पुगेको मनाङले उपाधि जितेर फर्किएको थियो ।

“यो विश्राम हाम्रो लागि एकदमै फलदायी रह्यो । सधैँ हामी गभर्नर्स गोल्डकपको फाइनलमा पराजित हुँदै आएका थियौं । तर, यसपाली हामीले उपाधि जित्न सफल भयौं । तिहारको विदापछि हिजोबाट हामीले अभ्यास शुरु गरेका छौं । सिक्किममा राम्रा टोलीहरुसँग खेल्न पायौं । जसका कारण खेलाडीको मनोबल पनि बढेको छ,” पहिलो खेलको नतिजाबारे मनाङका कप्तान विराज महर्जनले भने, “पहिलो खेल जुनसुकै टोलीका लागि महत्वपूर्ण हुन्छ । पहिलो खेलमै हामीले राम्रो नतिजा निकालेका छौं । जसका कारण खेलाडीको मनोबल बढेको छ । एउटा खेलाडीका रुपमा यति लामो ग्याप नभइदिएको भए राम्रो हुन्थ्यो भन्ने लाग्छ । यसरी ग्याप हुँदा खेलाडीले लय गुमाउने, फिटनेसमा समस्या आउन सक्छ । तर सिक्किम भ्रमणले खेलाडी नियमित खेलिरहेका छन् ।” 

Global Ime bank

मनाङ सहिद स्मारक लिग सबैभन्दा धेरै जित्ने टोली हो । साविक विजेता मनाङले यसअघि सातपटक लिगको उपाधि जितिसकेको छ । मनाङ यसपालि पनि उपाधि रक्षा गर्ने अभियानमा छ । मनाङलाई विगत ६ महिनादेखि अफ्रिकन फुजा तोफेले प्रशिक्षण दिइरहेका छन् । तोफेलाई सुमन श्रेष्ठले सहायकका रुपमा सघाएका छन् । 

मनाङका कप्तान विराज अहिले प्रतिस्पर्धा बढे पनि आफ्नो टोलीले उपाधिको बलियो दाबेदार भएको बताउँछन् । “यसपालि सबै टोली उत्तिकै राम्रो छ । पहिला आर्मी, पुलिस, थ्री स्टार र मनाङबीच उपाधिका लागि प्रतिस्पर्धा हुन्थ्यो । तर अहिले ६, ७ टोली उपाधि होडमा हुनेजस्तो देखिन्छ,” महर्जनले थपे, “तर हामी त्यसका लागि बलियो दाबेदार हौं । हामीले सिक्किममा राम्रो टिमसँग खेल्न पायौं । सबै खेलाडी लयमा छन् । पहिलो खेलमा पनि राम्रो नतिजा निकालेका छौं । अहिले शीर्ष स्थानमा छौं । त्यसलाई कायम राख्नुपर्छ ।”

एनआरटीले आर्थिक स्थिति देखाउँदै एकवर्ष ए डिभिजन लिग नखेलेपछि पुनः बी डिभिजन खेलेर अहिले शीर्ष डिभिजनमा उक्लिएको हो । एनआरटीको इतिहास पनि राम्रो छ । चार पटक उपाधि उचालिसकेको एनआरटीले पहिलो खेलमा आर्मीलाई बलियो चुनौती पेस गरेको थियो । नेपाल पुलिस क्लब पनि यूवा खेलाडीको जोशमा छ । प्राविधिक रुपमा बलियो देखिएको पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले आफुहरु पनि उपाधि होडमा रहेको बताए । 

“हामी निरन्तर अभ्यासमा छौं । युवा खेलाडीको बर्चश्व भएकाले लडाकु टोली छ । लिगमा हामीलाई यूवा टोली हुनुको फाइदा पनि छ । युवाहरु जति खेल्दै गयो त्यति परिपक्क हुँदै जान्छन्,” प्रशिक्षक थापाले थपे, “भोला सिलवाल जस्ता अनुभवी खेलाडी हामीसँग छन् । उनको अनुभवलाई हामी प्रयोग गर्छौं । उनको अनुभवले यूवा खेलाडीलाई पनि प्रेरण दिनेछ ।”

पुलिस क्लबले भने खेलाडीलाई दशैँ बिदा दिए पनि तिहारमा बिदा दिएन । विभागीय टोली निरन्तर अभ्यासमा छ । प्रशिक्षक थापाले सबै टोली राम्रा भएकाले प्रत्येक खेल उत्तिकै महत्वका साथ खेल्ने बताए । “अहिले सबै टोली उत्तिकै राम्रा छन् । हामी प्रत्येक टोलीसँग सचेत भएर खेल्छौं । हामी हरेक नयाँ खेललाई चुनौतीका रुपमा लिन्छौं,” प्रशिक्षक थापाले थपे, “मनाङ, थ्री स्टार, आर्मी नै बलियो हो । तर अन्य टोली पनि उत्तिकै राम्रो भएर आएको छ । तथापी हामी उपाधि दाबेदार हो । हाम्रो तयारी त्यसकै लागि हो ।”

नेपाल पुलिस क्लबले आइतबार मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आइतबारै ललितपुरको थ्री स्टारले ब्रिगेडब्वाइजसँग खेल्नेछ । थ्री स्टारले पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २–१ ले हराएको थियो । थ्री स्टारले पनि नियमित अभ्यास गरिरहेको छ । चार दिनको तिहार बिदापछि नियमित अभ्यासमा जुटिसकेको थ्री स्टारका प्रशिक्षक मेघराज केसी एक चरणको खेल सकिँदा नयाँ खेलाडीहरुले आफुलाई प्रमाणित गरेको बताउँछन् ।

“लामो समय लिग नहुँदा खेलाडी अभाव हुन्छ भन्ने थियो, तर त्यस्तो देखिएन । नयाँ खेलाडीहरुले पनि आफ्नोे क्षमता प्रमाणित गरिरहेका छन्,” पहिलो चरणको खेल सकिँदा केसीले भन्छन्, “एउटा खेल हेरर कुनै पनि टोलीलाई आँकलन गर्न सकिँदैन । कतिपय टोलीले विदेशी खेलाडी खेलाउन पाएनन् । त्यसैले टोलीहरुको वास्तविक परीक्षा भएको छैन । हामी लामो समयदेखि नियमित अभ्यासमा छौं । टिम राम्रो छ । उपाधि दाबेदारमा त हाम्रो नामै काफी छ नी ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०७५  ०९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC