site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
किन सधैं विवादमा तानिन्छिन् मेलानिया ट्रम्प ? यस्तो छ विगत 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प आफ्ना पति राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका स्टाफसँगको झगडाका कारण अहिले चर्चामा छन् । करिब १२ वर्षअघि मात्रै अमेरिकी नागरिक बनेकी मेलानियाका बारेमा के भनिन थालेको छ भने उनी सन्  १९८७ मा तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनकी पत्नी नान्सी रेगनले आफ्ना पतिलाई कर्मचारीको बारेमा पोल लगाएकै शैली अहिले पछ्याउन थालेकी छन् । 

गएको मंगलबार मात्रै मेलानियाको सचिवालयले राष्ट्रिय सुरक्षा उपसल्लाहकार मिरा रिकार्डेललाई नै बर्खास्त गर्न आग्रह गर्‍यो । प्रथम महिलाका प्रवक्ता स्टेफानी गृसामले वक्तव्य नै जारी गरेर रिकार्डेल ह्वाइटहाउसमा काम गर्न डिजर्भ गर्ने खालकी नरहेको बताएकी थिइन् । मेलानियाका कर्मचारीहरुले रिकार्डेललाई ‘फायर’ गरेको नभइ आफैं आफ्नो सिट खाली गरेर जान भनिएको बताएका छन् । 

\"\"

Prabhu Bank
Agni Group
NIC Asia

ह्वाइटहाउसका अधिकारीहरुका अनुसार उनले रिकार्डेललाई अहिले सम्म भेटेकी भने छैनन् । दिवालीको  अवसरमा मंगलबार मात्रै आयोजित एक कार्यक्रममा मंगलबार राष्ट्रपति ट्रम्पसँगै  रिकार्डेल पनि थिइन् । अधिकारीहरुका अनुसार रिकार्डेललाई राष्ट्रिय सुरक्षा सल्लाहकार जोहन बोल्टनले यसैवर्ष नियुक्त गरेका हुन् । उनको प्रथम महिलासँग मात्रै होइन कि प्रथम महिलाका  कर्मचारीसँग पनि त्यति राम्रो सम्बन्ध छैन । 

रिकार्डेलको मेलानियाको अफ्रिका भ्रमणको विषयलाई लिएर पनि विवाद भएको हो । मेलानिया गएको साता घाना, मलावी, केन्या र इजिप्टको भ्रमणमा गएकी थिइन् । 

Global Ime bank

रिकार्डेल अफ्रिका नगएकोमा मेलानियाका स्टाफको गुनासो थियो । मेलानिया आफ्नो पोशाकका कारण समेत अफ्रिका भ्रमणका क्रममा विवादमा आएकी थिइन् । रिकार्डेलले ट्रम्प प्रशासनको सबैभन्दा उच्च तहकी महिला मध्येकी एक भएर काम गरिरहेकी छन् । मंगलबार दिउँसोसम्मको अवस्थामा रिकार्डेल फायर भइसकेकी थिइनन् । उनले काम गरिरहेकी थिइन् । 

डेली कलरसँगको बुधबारको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले भने आफूले यी विषयमा हेरिरहेको तर निर्णय भने नगरेको बताएका छन् ।  प्रथम महिलाले सधैँजसो आफ्ना पतिलाई केही न केही एक्सन लिन उकास्ने गरेकी छन्  । जुन खालको गतिविधि सन् १९८७ ताका प्रथम महिला नान्सी रेगनले पनि गर्ने गरेकी थिइन् । त्यतिबेला पनि रोनाल्ड रेगनका स्टाफ प्रमुख डोनाल्ड रेगनलाई हटाउन आग्रह गर्ने गर्थिन् । तर, त्यतिबेला अहिलेको जस्तो हल्लीखल्ली हुँदैनथ्यो । सबै काम पर्दाभित्रैबाट हुने गर्दथ्यो । तर, अहिले भने प्रथम महिलाको सचिवालयले प्रशासनको कर्मचारीको बारेमा सार्वजनिक वक्तव्य नै निकाल्न थालेको छ । राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता गारेट मार्कुइजले यसबारेमा कुनै टिप्पणी गर्न चाहेनन् । गएको मार्चमा राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टनले रिकार्डेललाई आफ्नो सहयोगीको रुपमा नियुक्त गरेका थिए । उनी त्यसअघि वाणिज्य मन्त्रालयमा हतियार नियन्त्रण सम्बन्धी उपसचिवका रुपमा कार्यरत थिइन् । त्यो भन्दा अघि उनी विदेश मन्त्रालय र कंग्रेसमा पनि काम गरी सकेकी हुन् । 

मेलानियासँगको विवादमा ह्वाइट हाउसका स्टाफ प्रमुख जोहन केली पनि अहिले काम छोड्ने तयारीमा पुगेका छन् । प्रथम महिलाले भनेअनुसार उनको सचिवालयका कर्मचारीलाई बढुवा नगरेको भन्ने आरोप केली माथि लागेको छ । तर, प्रथम महिलाको सचिवालयका अधिकारीहरुले भने केलीसँग मेलाइनाको राम्रो सम्बन्ध रहेको र दुई पक्षबीच त्यस्तो विवाद नरहेको दाबी पनि गरेका छन् । केली भने बोलेका छैनन् । तर, प्रथम महिला मेलानियासँगको विवादका कारण जागिर छोड्ने अवस्थामा पुगेको बताइएको  छ।  

\"\"

ह्वाइटहाउसका कर्मचारीको बढुवाको विषयलाई लिएर पछिल्लो पटक  मंगलबार समेत गरेर उनको प्रथम महिलासँग पटक पटक विवाद भएको बताइएको छ । मेलानियाले आफू निकट कर्मचारीलाई बढुवा गरिदिन आग्रह गरेकोमा केलीले भनेको नमानेको र उनी स्वयंसँग निकट रहेका कर्मचारीको मात्र बढुवा गरेको आरोप लागेको छ । आफ्नो कुरा नसुनेपछि मेलानियाले राष्ट्रपति ट्रम्प समक्ष उनको विरुद्धमा कुरा गरेकी थिइन् । 

पटकपटकको हस्तक्षेपका कारण हैरान भएका केली स्वयं नै जागिर छोड्ने मूडमा पुगेको ह्वाइटहाउसका स्टाफहरुले बताएका छन् ।  उनको स्थानमा राष्ट्रपतिले उपराष्ट्रपति माइक पेन्सका स्टाफ प्रमुख निक अयर्सलाई नियुक्त गर्ने तयारी भइरहेको जनाइएको छ । 

मेलानियाको विगत
मेलानिया क्नाभ्स् भनिने अहिलेकी अमेरिकी प्रथम महिला डोनाल्ड ट्रम्पसँग विवाह गरेपछि मेलानिया ट्रम्प भएकी हुन् । उनको जन्म १९७० को अप्रिल २६ मा स्लोभेनियामा भएको थियो । पूर्व फेशन मोडेल मेलानियाको जन्म युगोस्लाभ रिपब्लिक स्लोभेनियाको सेभनिकामा भएको हो ।

उनले मिलान र पेरिसमा समेत फेशन मोडेलको रुपमा काम गरेकी थिइन् । उनी सन् १९९६ मा न्यूयोर्क गइन् । त्यहाँ उनको मोडलिङ करियर आइरेन मेरी मोडेल्स र ट्रम्प मोडेल म्यानेजमेन्टसँग सम्बन्धित थियो । उनी सन् २००१ मा अमेरिकाको स्थायी बासिन्दा बनिन् । डोनाल्ड ट्रम्पसँग उनले सन् २००५ मा विवाह गरिन् । र, २००६ मा अमेरिकाको नागरिकता लिइन् । उनको यो नागरिकता त्यतिबेला विवादमा पनि आएको थियो किनकी उनले वर्किङ्ग भिसा होइन पर्यटक भिसामा  काम गरेकी थिइन् । 
बाल्यकाल

मेलानियाका बाबु भिक्टोर क्नाभ्स कार र मोटरसाइकलको डिलर व्यवस्थापनमा संलग्न थिए । उनकी आमा अमालिजा बालबालिकाको कपडा उत्पादन कारखानामा प्याटर्नमेकरको रुपमा काम गर्थिन् । 
त्यतिबेला मेलानिया तथा कारखानाका अरु कामदारका बच्चाहरुले बालबालिकाको कपडा लगाएर फेशन शोमा पनि भाग लिने गर्थे । उनकी दिदी इनेज कलाकार हुन् भने उनको बाबुको पुरानो सम्बन्धबाट जन्मिएका उनका दाजु पनि थिए । दाजुसँग भने उनको सम्पर्क नै नभएको बताइन्छ । उनका पिता लिग अफ कम्युनिष्ट अफ स्लोभेनियाका लागि पनि काम गर्थे ।

जब मेलानिया किशोरी थिइन् उनको परिवार सेभनिकाको दुई तले घरमा सरेको थियो । हाइस्कूल पढ्दा उनी लिजुब्लुजानाको अपार्टमेन्टमा बस्न थालिन् ।उनी स्कूलमा डिजाइन र फोटोग्राफी  सम्बन्धी कक्षामा बस्थिन् । त्यसपछि उनले लिजुब्लुजाना विश्वविद्यालयमा पनि डिजाइन सम्बन्धी १ वर्षजति अध्ययन गरेकी थिइन् ।
 

करियर

\"\"

उनले ५ वर्षकै उमेरमा मोडलिङ् थालेकी थिइन् । १६ वर्ष पुगेपछि उनले व्यवसायिक काम थालिन् । त्यतिबेला उनले  स्लोभेकियाका फेसन फोटोग्राफर स्टान जर्कोको मोडेलको रुपमा समेत काम गरिन् । जब उनले मोडेलको रुपमा काम थालिन् त्यसपछि उनले आफ्नो थर क्नाभ्सलाई जर्मनशैलीको क्लाउस् बनाइन् । 

१८ वर्षको हुँदा उनले इटालीको मिलानमा रहेको मोडेलिङ एजेन्सीमा काम थालेकी  थिइन् । उनले पेरिसको फेशन हाउसमा समेत काम गरेकी थिइन् । त्यहाँ काम गर्दा उनले सन् १९९५मा ‘महानगर मोडेल’ को सहसञ्चालक पाउलो जाम्पोलीसँग भेटेकी थिइन् । जाम्पोली अहिलेका अमेरिकी राष्ट्रपति ट्रम्पका साथी थिए । उनले नै मेलानियालाई अमेरिका भ्रमणमा जान आग्रह गरेका थिए । १९९६मा मेलानिया अमेरिकाको म्यानहटनमा गइन् । उनलाई अपार्टमेन्टको व्यवस्था उनै जाम्पोलीले गरिदिएका थिए । उनले त्यहाँ १० वटा मोडेलिङको काम गरिन् । त्यसको सात हप्तापछिमात्रै उनले अमेरिकामा काम गर्ने औपचारिक अनुमति पाएकी थिइन् ।

सन् २०१०मा उनले मेलानिया टाइमपिसेज एण्ड जेवेलरी नामको कम्पनी खोलिन् । उनले मेलानिया स्किन केयर कलेक्सनको पनि मार्केटिङ् गरिन् । २०१६ को उनको फाइनान्सियल फाइलिङ्मा देखाइएअनुसार त्यो वर्ष उनलाई १५ हजारदेखि ५० हजार डलर सम्म फाइदा भएको थियो । सन् २०१७ मा ती दुवै कम्पनीले उनीसँगको सम्बन्ध सकिएको जनाएका थिए । त्यतिबेला ह्वाइटहाउसका प्रवक्ताले प्रथम महिलाले आफ्नो बिजनेस प्रभावित पार्न नचाहेको बताएका थिए ।

ट्रम्पसँगको पहिलो भेट

\"\"

१९९८को सेप्टेम्बर महिनामा त्यतिबेलाका रियल स्टेट बादशाह डोनाल्ड ट्रम्पका साथी जाम्पोलीद्वारा टाइम्स स्क्वायर नाइटक्लबमा एक पार्टी दिएका थिए । सोही पार्टीमा डोनाल्डसँग उनको पहिलो भेट भएको हो । जाम्पोलीसँग मेलानियाको पेरिसमा परिचय भएको थियो । ट्रम्पको सन् १९९७ को मेमा पारपाचुके भइसकेकाले उनी सो पार्टीमा सिलिना मिडेलफार्टसँग सहभागी भएका थिए । जब मिडेलफार्ट रेस्टरुममा गइन् त्यहीबेला मेलानियासँग ट्रम्प नजिकिए र उनको फोन नम्बर मागे । मेलानियाले पनि ट्रम्पको फोन नम्बर मागिन् । त्यसपछि निरन्तर रुपमा उनीहरुको सम्बन्ध रह्यो । मेलानिया त्यसपछि पनि मोडेलिङ्मा सक्रिय रहिन् । सन् १९९९ मा  न्यूयोर्क टाइम्सले उनलाई एउटा प्रश्न सोधेको थियो, “डोनाल्ड ट्रम्प राष्ट्रपति भएभने तिमी के गर्छौं ?,” उनको जवाफ थियो, “म परम्परागत हुनेछु । बेटी फोर्ड वा ज्याकी केनेडी जस्तै ।”

विवाह

\"\"

मेलानिया र डोनाल्डबीच सन् २००४ मा इन्गेजमेन्ट भयो । जनवरी २२, २००५मा उनीहरुको विवाह भएको थियो । विवाह मेलानियाको पहिलो थियो भने डोनाल्डको तेस्रो । विवाहमा थुप्रै सेलिब्रेटीहरु आएका थिए । तिनमा तत्कालीन सिनेटर जसलाई ट्रम्पले पछि राष्ट्रपतिको चुनावमा हराए हिलारी क्लिन्टन पनि थिइन् । त्यसैगरी, पूर्वराष्ट्रपति बिल क्लिन्टनसम्म सहभागी भएका थिए । विवाहमा मेलानियाले २ लाख डलर पर्ने पोशाक लगाएकी थिइन् । विवाह भएको करिब १४ महिनापछि सन् २००६ को मार्च २०का दिन उनले छोरा बारोन विलियम ट्रम्पलाई जन्म दिएकी थिइन् । जो अहिले १२ वर्षका मात्रै भए । छोराको बीचको नाम मेलाइनाले जुराएकी हुन् भने सुरुको नाम डोनाल्डले जुराएका हुन् । 

२०१६को चुनावी अभियान

\"\"

सन् २०१५मा डोनाल्ड राष्ट्रपतिको चुनावी अभियानमा लाग्नुभन्दा अघि मेलानियालाई सार्वजनिक रुपमा कस्तो लागेको छ भनेर सोधिएको थियो, जवाफमा भनेकी थिइन्, ‘‘म उनलाई प्रोत्साहित गर्छु । मलाई थाहा छ अमेरिकाको लागि के गर्न सक्छन् भन्ने कुरा ।’’ उनले सन् २०१६मा सीएनएनसँगको अन्तर्वार्तामा प्रथम महिलाको रुपमा आफूले महिला र केटाकेटीलाई मद्दत गर्ने बताएकी थिइन् । उनका अहिले प्रथम महिलाका रुपमा ९ जना स्टाफ  छन् । उनी जोह क्विन्सी आडम्सकी पत्नी (लण्डनमा जन्मेकी) लुइसा आडम्सपछि अमेरिकी प्रथम महिला बन्ने दोस्रो विदेशमा जन्मेकी व्यक्ति हुन् । र, मातृभाषा अंग्रेजी नभएकी चाहिं पहिलो प्रथम महिला हुन् । अझै दुईवर्षजति उनी प्रथम महिलाकै रुपमा रहने लगभग निश्चित छ । तर, उनको कार्यशैलीले ट्रम्प प्रशासनकै कर्मचारी भने हैरान छन् । 

(समाचार एजेन्सीहरुको सहयोगमा)


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०७५  ०८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC