site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला हत्या प्रकरण– गाउँले नै शंकाको घेरामा,१ हजारको कल डिटेल हेरियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगर–२ महुलीयाकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्याकाण्डको अनुसन्धान जारी छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को विशेष टोलीले कञ्चनपुरमै रहेर घटनाको अनुसन्धान जारी राखेको हो । गत साउन १० गते साथी रोशनी वमको घरमा जान हिँडेकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । 

निर्मलाको बलात्कारपछि हत्या भएको पुष्टि भएपनि हत्या–बलात्कारमा संग्लनको पहिचान भने अझै हुन सकेको छैन । हत्याकाण्डको अनुसन्धानमा लापरवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदिश भट्ट बर्खास्तीमा परेका छन । अन्य ६ जना प्रहरी निलम्बनमा छन् । कञ्चनपुर प्रहरीका डीएसपी कृष्णराज ओझा घटनाको विभिन्न कोणबाट अनुसन्धान जारी रहेको बताउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

थप ३ जनाको डीएनए परीक्षणको तयारी

निर्मला हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले शंकास्पद ३ जनाको डीएनए परीक्षणको तयारी गरेको छ । स्रोतले भन्यो,‘‘३ जनाको डीएनए परीक्षणको तयारी गरेका छौं । त्यसमध्ये एकजनामाथी बढी शंका छ ।’’ प्रहरीले झण्डै डेढ साताअघि मात्रै ४ जनाको डीएनए परीक्षणका लागि रगत संकलन गरेर केन्द्रीय प्रयोशालामा पठाएको थियो । निर्मला हत्या प्रकरणमा यसअघि दिलिपसिंह विष्टसँगै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट उनका छोरा किरण विष्ट, स्थानीय आयुस विष्ट र चक्र बडुको समेत डीएनए परिक्षण गरिएको थियो । नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदी केन्द्रीय अनुसन्धान ब्यूरो र कञ्चनपुर प्रहरीको टोलीले घटनाको विभिन्न कोणबाट सुक्ष्म अध्ययन गरिरहेको बताउँछन् ।  सुवेदीका अनुसार कतिपयको पोलिग्राफ परिक्षण गर्ने तयारी समेत भएको छ ।

Global Ime bank

१ हजारको कल डिटेल र फेसबुकमा नजर
अनुसन्धानमा क्रममा प्रहरीले हालसम्म झण्डै १ हजार मोवाइल–टेलिफोनको ‘कल डिटेल’ अध्ययन गरेको छ । ‘कल डिटेल’ हेर्ने क्रममा झण्डै ३ सय बढीलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमै बोलाइएको थियो । रातको समयमा अधिकांश कल भएकाहरुलाई बोलाउँदा कतिपय श्रीमान–श्रीमती परेका थिए भने अधिकांश प्रेमि–प्रेमिका पाइएका थिए । एक अधिकारीले भने,‘‘निर्मलाले मोवाइल प्रयोग गर्ने गरेको वा सामाजिक सञ्जाल प्रयोग गरेको अवस्था भए अनुसन्धान नयाँ उचाइमा पुगिसक्थ्यो । तर निर्मलासँग मोबाइल र सामाजिक सञ्जालमा पहुच नभएकाले अनुसन्धान निकै जटिल बनिरहेको छ ।’’ 
प्रहरीले शंकास्पद १६ जनाको फेसबुक आईडीमाथी पनि अनुसन्धान थालेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०७५  ०६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC