site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनले कृत्रिम सूर्य बनाउँदै ! १० करोड डिग्रीको तापक्रममा काम गर्न सक्ने
Sarbottam CementSarbottam Cement

एजेन्सी । विज्ञान तथा प्रविधिको क्षेत्रमा क्रान्ति हासिल गर्ने होडमा चीनले केही समय अगाडि मात्र आफ्नै ‘कृत्रिम चन्द्रमा’ लन्च गर्ने बताएको थियो । त्यसैगरी सोमबार भने चिनियाँ एकेडेमी अफ साइन्सेजसँग सम्बद्ध इन्स्टिच्युट अफ प्लाज्मा फिजिक्सले, ‘इस्ट’ नामक ‘कृत्रिम सूर्य’ निर्माणमा भइरहेको प्रगतिबारे खबर गरेको हो ।

चिनियाँ वैज्ञानिकहरुले स्वतन्त्र रुपमा आफैँले डिजाइन गरेको यस कृत्रिम सूर्य अर्थात न्युक्लियर रियाक्टरमा १० करोड डिग्रीसम्मको तापक्रममा काम गर्न सक्ने क्षमता विकास गरिएको चिनियाँ राष्ट्रिय संचार सिजिटिएनले जनाएको हो जसपछि यस उपकरणमा पनि सूर्य जस्तै (न्युक्लियर) आणविक गतिविधि सम्भव हुने बताइएको छ । तरपनि यो सूर्य कुनै शहरलाई प्रकाश दिनका लागि नभएर सफा ऊर्जा उत्पादन गर्नमा मद्दत गर्ने बताइएको हो । वास्तवमा यसले चीन, रुस, अमेरिका लगायत ३५ देशहरुको संयुक्त ग्लोबल रिसर्च कार्यक्रम ‘इन्टरनेस्नल थर्मोन्युक्लियर एक्सपेरिमेन्टल रियाक्टर’ मा ठूलो सहायता पुर्याउने अपेक्षा गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

न्युक्लियर फ्युजनबाट ऊर्जा संकलन गर्नकै लागि रियाक्सनलाई स्थिर राख्ने प्रयास अन्र्तगत वैज्ञानिकहरुले लामो समयदेखि इस्टको तापमानमा काम गरिरहेका थिए । हाल विद्युतको बढ्दो मागसँगै वातावरणमा परिरहेको लगातार असरका कारण विज्ञहरु ऊर्जा उपभोगबारे ठूलो द्विविधामा छन् । यसैबीच चीन भने लगातार फ्युजन परियोजनामा काम गरिरहेको थियो जसले वायुमण्डललाई हानि पुर्याउने किसिमका कुनैपनि ग्यास उत्पादन नगरि स्वच्छ ऊर्जा निकाल्न सक्छ । 

फिसन रियाक्सन जस्तो नभएर फ्युजनबाट सस्तो ऊर्जा निकाल्न सकिने वैज्ञानिकहरुको भनाइ छ । त्यसैगरी यसबाट कुनै प्रदुषण नहुने र फोहोरजन्य पदार्थहरु पनि उत्पन्न नहुने हुँदा हालको बिजुली उत्पादन प्रक्रियाको तुलनामा धेरै उचित मानिएको हो । साथै यसको प्रक्रिया समेत अत्यन्तै सुरक्षित रहेको बताइएको छ । फ्युजन पावर प्लान्ट दुई न्युक्लियसको मिश्रण हो भने फिसनका लागि चाहिँ न्युक्लियसलाई विभाजित गर्नुपर्ने हुन्छ जसले १० हजार वर्षसम्म रहिरहने विषाक्त पदार्थ उत्पादन गर्न सक्छ ।

Global Ime bank

इस्टका उपनिर्देशक सङ युनताआले बताए अनुसार यो उपकरण नियन्त्रण गर्न सहज छ र कुनैपनि समय पावर सप्लाइ बन्द गर्दा यन्त्रले पूर्ण रुपमा काम गर्न बन्द गर्ने हुँदा परमाणु विस्फोटन वा अन्य भयानक दुर्घटना हुने खतरा हुँदैन । तर यसका धेरै फाइदा भएपनि प्राविधिक आवश्यक्ता पूरा गर्न अत्यन्तै कठिन हुने गरेको पाइएको छ । जस्तै सयौँ करोड डिग्रीसम्मको तापक्रममा लामो समयसम्म काम गर्नुपर्ने हुन्छ । यस्तोमा चीनले उपकरणको ताममान क्षमता १० करोड डिग्री पुर्याइ केही हदसम्म पहिलो चुनौति पार गरेको बताइएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५  ०६:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC