site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
गंगामा ल्याइएको पानीजहाज नेपालको सीमासम्म आइपुग्ला ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । २०१८ को अप्रिल ७ का दिन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगै हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका थिए, “नेपालको विकासमा भारतको भागिदारीको धेरै लामो इतिहास छ । मैले प्रधानमन्त्री ओलीजीलाई भरोसा दिलाएको छु कि नेपालको आर्थिक विकास र समृद्धिको प्रयासमा भारतले पुरै सहयोग गरिरहन्छ । यो सहयोग भविश्यमा पनि नेपाल सरकारद्वारा निर्धारित प्राथमिकताहरु र आवश्यकतामा आधारित हुनेछ । सहयोगप्रति हाम्रो प्रतिवद्धताको एक महत्वपूर्ण परिणाम ‘इन ल्याण्ड वाटर ब्रिज’मा सहयोगको निर्णय हो । हाम्रो सहयोगबाट नेपाललाई समुद्रसम्म अतिरिक्त कनेक्टिभिटी मिल्नेछ । र, सगरमाथाको देश सागरसँग सीधा जोडिनेछ । म मान्दछु कि यो एउटा ऐतिहासिक सुरुवात हो । नेपाल ल्याण्ड लक होइन, वाटर लिंक पनि हुनेछ ।”

मोदीको यो कुरा सुनेका धेरैलाई उनको भनाइले एकातिर उत्साहित बनायो भने केहीले ‘हावादारी गफ’ समेत भन्न भ्याए । तर, भारतमा भने प्रधानमन्त्री मोदीले सोमबार आफ्नो निर्वाचन क्षेत्र वाराणसीमा पहिलो मल्टि मोडल टर्मिनलको गंगा नदीमा उद्घाटन गरे र कोलाकाताबाट आएको कार्गो बोकेको पानी जहाज रबीन्द्रनाथ टैगोरको पहिलो खेपलाई स्वागत गरेका छन् । पहिलो खेपमा खाद्यान्न र वेभरेजहरु कोलकाताबाट ल्याइएको थियो । ती सामग्रीसहितको पानी जहाज यही कात्तिक १३ गते कोलकाताबाट हिँडेको थियो ।
छत्तीसगढमा सोमबार मात्रै विधानसभाका लागि मतदान भएको सन्दर्भमा वाराणसीमा आयोजित मोदीको  कार्यक्रम  आगामी निर्वाचनसम्मका लागि जनतालाई वर्तमान सरकारप्रति उत्साहित पार्ने मेलो पनि हो । विधानसभाको निर्वाचन आगामी डिसेम्बर ७ सम्म हुनेछ भने त्यसपछि मे २०१९मा संसदीय निर्वाचन हुनेछ । 

यद्यपि, सोमबार वाराणसीमा उद्घाटन गरिएको परियोजना दीर्घकालीन हिसाबले आधुनिक जल यातायातलाई अघि बढाउने उनको लामो फड्को पनि हो । 

Prabhu Bank
Agni Group
NIC Asia

मोदी सोमबारको कार्यक्रममा साथमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, संघीय यातायात मन्त्री नितिन गडकरी, भारतीय जनता पार्टीका राज्य तहका अध्यक्ष महेन्द्रनाथ पाण्डेलाई पनि लिएर गएका थिए । सोमबार मोदीले उद्घाटन गरेको उक्त परियोजना भारतको जलमार्ग योजना अन्तर्गत विश्व बैंकको सहयोगमा बनेको चार मध्येको पहिलो मल्टि मोडल टर्मिनल हो । ५ हजार ३ सय ६९ दशमलब १८करोड रुपैयाँ परियोजनाको लागत रहेको छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री मोदीलाई उत्तरप्रदेशको वाराणसी र पश्चिम बंगालको हल्दियासम्मको जलयात्राको बारेमा जानकारी पनि गराइएको थियो ।

भारतको केन्द्रीय जल मार्ग विकास परियोजनाको वक्तव्यमा वाराणसीबाट हल्दियाको यात्रामा १ हजार ५ सय देखि २ हजार टन सामान ल्याउन सम्भव हुन्छ । यसको लक्ष्य भनेको कार्गोको परिवहनका लागि सस्तो र वातावरणमैत्री यात्राको प्रवर्द्धन गर्ने भन्ने नै हो । यो परियोजनामा वाराणसी, साहीबगन्ज र हल्दियासमेत तीनवटा मल्टि मोडल टर्मिनल बनाउने लक्ष्य रहेको छ ।

Global Ime bank

नेपालका प्रधानमन्त्री ओलीको भारत भ्रमणकै क्रममा जारी गरिएको बाह्रबुँदे संयुक्त वक्तव्यको ९ नम्बर बुँदामा इनल्याण्ड वाटरवेजमार्फत् कनेक्टिभिटीका क्षेत्रमा सहयोगको चर्चा गरिएको छ । सन् २०१६को जुनदेखि बनारसमा मल्टी मोडल टर्मिनल निर्माण सुरु भएको थियो । यो टर्मिनलको प्रयोगबाट वार्षिक १२ लाख ६० हजार टन सामान ढुवानी गर्न सकिनेछ । 

मोदीले यसअघि भने झैं आउँदो मे महिनाबाट सञ्चालनमा आउन सक्ने    साहिबगञ्जकोे मल्टी मोडल टर्मिनल प्रयोग गरेर सगरमाथाको देश नेपालसँग समुद्र जोड्ने सपना साकार हुन सक्नेछ । 

तर, कहिले ?

नेपाली विज्ञहरुका अनुसार साहिबगन्ज नेपालको सीमाबाट करिब डेढ सय किमीको दूरीमा रहेकोले त्यहाँसम्म नेपालको सामान ल्याउने र त्यसपछि ट्रकमा हालेर ओसार्न सकिनेछ । नेपाल भारत वाणिज्य तथा पारवहन सन्धीमा जलमार्गको कुरा उल्लेख नभएकोले त्यसलाई संशोधन गर्नुपर्ने नेपाली विज्ञहरुको भनाइ रहेको छ ।

नेपालमा यसको कनेक्टिभिटी सहज गर्नका लागि अहिले दुवै देशका अन्तरसरकारी समूहमा आवद्ध विज्ञहरुले केही चरणमा छलफल समेत गरिसकेको नेपाली अधिकारीहरुले जानकारी गराएका छन् ।  प्रधानमन्त्री ओलीको भारत भ्रमण लगत्तैपनि नेपाल र भारतका सरकारी निकायबीच दुई देशबीचको वाणिज्य तथा पारवहन सन्धी अन्तर्गत रहेर  इन्ल्याण्ड वाटरवेज फ्रेमवर्क बनाउने बारेमा छलफल भएको थियो । 

यस मामिलामा नेपाल सरकारले जल तथा उर्जा आयोगका सहसचिव माधव बेल्बासेको संयोजत्वमा विभिन्न मन्त्रालयका प्रतिनिधि सम्बन्धित समितिलेपनि निरन्तर अध्ययन गरिरहेको पाइएको छ । 

यो प्रक्रिया अघि बढेमा सामान ढुवानीको हिसाबले नेपालई सहज र कम खर्चिलो हुनेछ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीका अनुसार नेपाल —भारत अन्तरसरकारी समिति (आइजीसी) को बैठकमा वाणिज्य तथा पारवहन सन्धी अन्तर्गत रहेर वाटरवेज कसरी अघि बढाउन सकिन्छ भन्ने बारेमा छलफल भएको छ । विश्वबैंकको सहयोगमा भारतले पहिलो पटक मोडर्न इन्ल्याण्ड वाटर ट्रान्सपोर्ट परियोजना अघि बढाएको हो । नेपालका नदीहरु कोशी र नारायणी गंगासँग जोडिन्छन् । ती नदीहरु मार्फत पानी जहाजको सम्भावनाका बारेमा समेत अध्ययन भइरहेको अधिकारीहरुको कथन रहेको छ । आगामी जनवरीमा अध्ययन टोली स्थलगत अध्ययनमै जाने बताइएको छ । 

मोदीको सेमिफाइनल

सन् २०१४ मा प्रधानमन्त्री भएका भारतीय प्रधानमन्त्री अर्को पटक प्रधानमन्त्री हुन्छन् कि हुन्नन् भन्ने कुरा अहिले त्यहाँ जारी रहेको विधान सभा निर्वाचनको परिणामले निर्धारित गर्नेछ । आउँदो डिसेम्बर ११ पछि त्यसको परिणाम आउने अपेक्षा गरिएको छ । 
त्यसैले विधानसभा निर्वाचनलाई मोदीको सेमिफाइनल गेमका रुपमा समेत भारतीयहरुले नै व्याख्या गरिरहेका छन् । विधानसभामा जस्तो परिणाम आउँछ त्यसले नै आगामी संसदीय निर्वाचनको तस्बीर बोल्नेछ । अर्थात् मे २०१९मा हुने संसदीय निर्वाचनको केही संकेत त्यसमा मिल्नेछ । उनको आन्तरिक राजनीतिले जे जस्तो रुप लिएपनि पानीजहाज प्रसंगलाई तीब्र गतिमा अघि बढाइएमा दुई देशको सम्बन्धलाई थप उचाइमा पु¥याउन मद्दत गर्नेछ ।  


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५  ०२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC