site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

–काशीराम शर्मा 


बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित थपुवाका लक्ष्मीप्रसाद शर्मा सामाजिक कार्यकर्ताका रुपमा चिनिन्छन् ।  

चौध वर्षअघि सामाजिक सेवामा संलग्न शर्मा हाल बाँकेकै एक गैरसरकारी संस्थामा वरिष्ठ कार्यक्रम सुपरभाइजरका रुपमा कार्यरत छन् । गाउँदेखि शहरसम्म उनी सामाजिक कार्यकर्ता कै छबी छ ।   

Agni Group

स्नातक तह उत्तीर्ण शर्माले सामाजिक अभियानका क्रममा विशेषगरी शैक्षिक विकासका क्षेत्रमा आफ्नो समय खर्चिदै आएका छन् । चौध वर्षदेखि शैक्षिक विकासका लागि हुँदै आएका विभिन्न गोष्ठी, छलफल, कार्यशाला गोष्ठी र र्यालीमा उनको उपस्थिति नियमित थियो । जसरी भए पनि ती कार्यक्रममा सहभागी हुनुपर्ने र शैक्षिक विकासका लागि आफ्ना विचार व्यक्त गर्नुपर्छ भन्ने शर्मा आफैलाई पनि लाग्ने गर्दथ्यो । 

उनलाई जसले पनि सामाजिक कार्यकर्ताकै रुपमा चिन्छन् । धेरैलाई थाहा छैन, शर्माको अर्को पेशा । उनी सामाजिक कार्यकर्तासँगै विगत आठ वर्षदेखि पशुपालन र तरकारी खेती एकसाथ गर्दै आएका छन् । शर्मालाई बुझ्नेले सामाजिक कार्यकर्ता भने पनि उनी सफल कृषक पनि हुन् भन्ने कुरा कमैलाई मात्र थाहा छ । दिउस गैरसरकारी संस्थाको जागिरे भए पनि साँझ बिहान कृषकको भूमिकामा देखिन्छन् शर्मा । 

Global Ime bank

“जागीरले चिनाउँछ, चिनाएको पनि छ । कृषि पेशाले उचाइँमा पुर्याउँछ”, उनले भने, “जागीरले सामाजिक प्रतिष्ठा र सबैसँग चिनजान गराएको छ, कृषि पेशाले मेरो पारिवारिक जिम्मेवारी र आम्दानीसमेत बढाएको छ ।” उनलाई उनी श्रीमती गीताले सघाउँदै आएकी छन् । श्रीमान् जागिरमा जाँदा कृषि जिम्मेवारी गीताले सम्हाल्दै आएकी छन् । “श्रीमान्ले अँगालेका दुवै पेशाप्रति म खुशी छु”, गीताले भनिन् ।  

शर्माको गोठमा चार उन्नत जातका गाई र एउटा भैँसी छन् । चार गाईमध्ये अहिले दुई दुहुना छन्, अर्को दुई गाई व्याउने भएका छन् । दुई गाई र एउटा भैँसीको दूधले अहिले आम्दानी दिइरहेको छ । उनका अनुसार अहिले करिब ३० लिटर दूध बिक्री हुन्छ । जसबाट मासिक करिब ४५ हजार आम्दानी भइरहेको छ । “बाँकी दुई गाई ब्याए भने मेरो आम्दानी दोब्बरले बढ्छ”, कृषि पेशामा रमाएका शर्माले भने ।  

फुर्सदमा पशुपालन र तरकारी खेती गरेर राम्रै आम्दानी गरिरहेकामा उनले सन्तुष्टि व्यक्त गर्दै रासससँगको कुराकानीमा भने, “गैरसरकारी संस्थाको जागिर त कार्यक्रम हुँदासम्म हो, कार्यक्रम सकिएपछिको जागिर यही कृषि पेशा त हो नि ? यसलाई बेवास्ता गर्ने कुरै भएन ।” आफ्नो एक्लो प्रयासमा मात्रै नभएर श्रीमती गीताको सहयोगले सामाजिक र पारिवारिकरुपमा आफूलाई सफलता मिलेको उनको भनाइ थियो । 

पशुपालनसँगै तरकारी खेतीलाई पनि सँगसँगै अघि बढाएका उनले पाँच कट्ठामा काउली, बन्दा, मुला, आलु, टमाटरलगायत तरकारी लगाएका छन् । “तरकारीले पनि राम्रै आम्दानी दिइरहेको छ”, शर्माले भने, “मौसममा रु दुई लाखसम्म आम्दानी हुन्छ ।” पशुपालन र तरकारी खेतीले उनको जीवनस्तरलाई व्यवस्थित र आर्थिकरुपमा दरिलो बनाएको छ । 

दूध र तरकारी बिक्रीका लागि पनि उनलाई कुनै समस्या छैन । स्थानीय बिमानस्थल र राझा बजारमै तरकारी खपत हुन्छ । उत्पादित तरकारीले कहिलेकाहीँ मूल्य नपाए पनि त्यो खासै समस्याका रुपमा नरहेको उनको भनाइ थियो । “कहिलेकाहीँ मूल्य तल झर्दा बिक्रीमा समस्या हुने भए पनि घाटा नै भइहाल्ने भन्ने हुँदैन । अरुबेला बढेको मूल्यले त्यसलाई समायोजन गरिहाल्छ”, शर्माले भने ।  

लामो समयदेखि पशुपालन र तरकारी खेती गर्दै आए पनि हालसम्म कसैको सहयोग नलिएको उनले बताए । सम्बन्धित सरकारी तथा गैरसरकारी निकायसँग सहयोगका लागि आग्रह गरे पनि सहयोग नपाएको उनको गुनासो थियो । “धेरै ठाउँमा आग्रह गरियो, पहुँच नहुँदा सहयोग नपाइने रहेछ । मैले पहुँच बढाउन सकिन, त्यसैले होला अहिलेसम्म कहीँकतैबाट सहयोग पाइएको पनि छैन”, शर्माले भने ।  

उनले भने, “विदेशमा गएर लाखौँ रकम कमाउने सपना देखिरहन्छौँ ।” लाखौँ रकम कमाउन विदेशमै जानैपर्छ भन्ने छैन । विदेशमा खर्चिनुपर्ने श्रम र समय पनि यहाँ खर्चिनुपर्दैन ज्ञान र सीप भयो भने स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ । स्वदेशमै केही ग¥यौँभने कमाउन सकिन्छ भन्ने भावना नभएकै कारण नेपाली युवा विदेशिनुपरेको हो ।” रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC