site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सुष्माको 'नबाँडन.....'बजारमा (भिडियाेसहित)
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । गायिका सुष्मा राईले आफ्नो पहिलो गीत सार्वजनिक गरेकी छन् । “नबाँडन.....” बोलको गीत उनले यसै साता सार्वजनिक गरेकी हुन् । गीतको शब्द स्वयम गायिका राईकै छ भने संगीत कल्याण सिंहको रहेको छ । एरेन्ज प्रदीप जोशीले गरेका छन् । 
 
काठमाडौंको बौद्धमा छायांकन गरिएको गीतको भिडियो ब्रायन राईले खिचेका हुन् भने सम्पादन विनय कंशाकारले गरेका छन् । निर्देशन गायिका राई आफैंले गरेकी छन् । 
गायिका राईले गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरेकी छन् । गीतमा राई स्वयमले अभिनय गरेकी छन् । भिडियोमा पुरुष मोडल भने छैनन् । “केही नयाँ गरौं भन्ने हो, मेरो गीत पनि अरु भन्दा कही फरक छ” उनले भनिन्, “पूर्वीया र पश्चिमी संगीतको फ्युजन गर्न मलाई मन पर्छ ।”
 
सानै उमेरदेखि गीत संगीतप्रति रुची भएकी उनी बच्चै देखि कविता लेख्थिन् । “म सानै देखि कविता लेख्थे,” उनले भनिन्, “पुस्तक पनि ट्रान्स्लेट गर्थें, त्यही समयदेखि बच्चै उमेरबाट गीत संगीतप्रति मेरो झुकाव थियो ।”
 
समाजशास्त्रमा स्नातकोत्तर गरेकी राई अहिले पीएचडी गर्ने तयारीमा छिन् । उनी “नबाँडन....”को प्रतिक्रिया हेरेर अरु गीतको तयारी गर्ने सोचमा छिन् । “अब औपचारिक अध्ययन करिब सकियो, अब संगीतको यात्रा प्रारम्भ भयो,” राई भन्छिन्, “अब यो गीतको फिड ब्याक कस्तो आउँछ त्यही अनुसार गीत ल्याउँछु । तर, म एक्पेरिमेन्टल गीत नै गर्छु । अरु भन्दा केही फरक नै गर्छु ।”
 
सुस्मा समय सन्दर्भ अनुसार आफूलाई सबै खाले गीत मन पर्ने भए पनि विशेष गरि फरक धारका गीत नै मन पर्ने बताउँछिन् । 
 
राई सञ्चारकर्मी पनि हुन् । फुसर्द डट कमबाट सञ्चार यात्रा सुरु गरेकी राईले केही समय एनटीभी प्लसमा चिया गफ नामक टक सो पनि चालाइन् । अहिले भने उनी इमेज एफएममा कार्यरत छिन् । इमेजमा उनी दैनिक दुई घण्टा लामो नो हर्न प्लिज नामक कार्यक्रम संचालन गर्दै आएकी छन् ।  
 
जुलाई २० मा युट्युवमा अपलोड गरिएको नवाँडनको म्युजिक भिडियो अहिलेसम्म २१ हजार भन्दा धेरैपटक सर्च गरिएको छ ।  
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ९, २०७३  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC