site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
पीपीएलमा गरेको गल्तीप्रति सन्दीप लामिछानेले मागे माफी 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पोखरा प्रिमियर लिगमा विराटनगर टाइटन्सका कप्तान सन्दीप लामिछानेले प्रतियोगिताका दौरान गरेको गल्तीप्रति माफी मागेका छन् । सन्दीप अम्पायरसँग विवाद गरेका कारण कारवाहीमा परेका थिए ।  लिग चरणको अन्तिम खेलमा अम्पायरको निर्णयविरुद्ध विवादमा उत्रिएका कारण उनलाई एक डि–मेरिट अंक दिइएको थियो । सन्दीपले गलत बुझाइका कारण त्यस्तो भएको भन्दै ट्विटरमा माफी मागेका छन् ।

“पोखरा प्रिमियर लिगमा भएका घटनामा मैले कुनै स्पष्टीकरण दिन खोजेको होइन । त्यो एक असझदारी थियो,” सन्दीपले भनेका छन्, “म हृदयदेखी माफी माग्न चाहन्छु । माया र सुझावका लागि सबैलाई धन्यवाद ।” 

म्याच रेफ्रि सत्यजित सरकारले आईसीसीको नियम उल्लङघन गरेको भन्दै सन्दीपलाई एक डि–मेरिट्स अंक दिएका हुन् । शनिबार चितवन राइनोजविरुद्धको खेलमा सन्दीपले अम्पायर विनयकुमार झा र संजयकान्त सिग्देलसँग पटक पटक विवादमा उत्रिएका थिए । अम्पायरको निर्णयविरुद्ध खेल भावना विपरीत कार्य गरेपछि मैदानमा उपस्थित समर्थकहरुले पनि सन्दीपलाई ‘घमन्डी’ भन्दै उनीविरुद्ध नाराबाजी गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०७५  ०४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC